राष्ट्रिय टोलीमा बेन्जिमाको ६ वर्षपछि पुनरागमन

काठमाडौं – रियल मड्रिडका स्टार खेलाडी करिम बेन्जिमाले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् । लामो समय टिम बाहिर रहेका बेन्जिमा युरोकप फुटबलका लागि टिममा परेका हुन् ।

फ्रान्स फुटबलले सार्वजनिक गरेको २६ जना खेलाडीको सूचिमा उनी परेका हुन् । बेन्जिमा ६ वर्षपछि टिममा परेका हुन् । बेन्जिमा २०१५ बाट राष्ट्रिय टिम बाहिर रहदै आएका थिए ।

news center of article

उनी यौनकाण्डमा मुछिएपछि टिम बाहिर रहदै आएका थिए । बेन्जिमा पछिल्लो समय ला लिगा फुटबलमा उत्कृष्ट प्रदर्शन गरि रहेका खेलाडी हुन् ।

उनले ला लिगामा यो सिजन मात्र २२ गोल गरेका छन् । युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ ।

याे पनि हेर्नुस्
Loading...