फ्रेन्च कपको उपाधि पीएसजीलाई

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च कप फुटबलको उपाधि जितेको छ । गएराति भएको फाइनलमा मोनाकोलाई २-० ले पराजित गर्दै पीएसजी च्याम्पियन बनेको हो ।

स्टेड डे फ्रान्स स्टेडियममा भएको खेलमा पीएसजीलाई जित दिलाउन माउरो इकार्डी र किलियन एमबाप्पेले गोल गरे । इकार्डीले १९ औं र एमबाप्पेले ८१औं मिनेटमा गोल गरे ।

news center of article

पीएसजीले सर्वाधिक १४ औं पटक फ्रेन्च कपको उपाधि जितेको हो । मोनाको ५ पटक यो पाधि जितेको छ ।

याे पनि हेर्नुस्
Loading...