क्रिस्टियानो रोनाल्डोको अर्को कीर्तिमान

काठमाडौं – क्रिस्टियानो रोनाल्डो युरोपियन फुटबलमा शीर्ष तीन लिग र लिग कपको उपाधि जित्ने पहिलो खेलाडी बनेका छन्।

बुधवार राति इटालियन क्लब युभेन्टससँग ‘कोपा इटालिया’को उपाधि जित्दै रोनाल्डोले सो कीर्तिमान रचेका हुन्।

news center of article

३६ वर्षीय पोर्चुगिज कप्तान रोनाल्डोले यस अघि इंग्लिश क्लब म्यानचेष्टर युनाइटेड र स्पेनिश क्लब रियल मड्रिडसँग घरेलु लिग र लिग कपको उपाधि जितिसकेका छन्।

बुधवार राति भएको खेलमा युभेन्टसले एटलान्टालाई २-१ गोलले पराजित गर्दा रोनाल्डोको यो कीर्तिमान पूरा भएको हो।

याे पनि हेर्नुस्
Loading...