एनटीसीको नेटवर्कमा समस्या, पोष्टपेड र प्रिपेड मोबाइलमा फोन लाग्दैन

९ असार, काठमाडौँ । काठमाडौँ उपत्यकामा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ ।

बुधबार बिहानैदेखि फोन लागेको छैन भने एसएमएस पनि डेलिभर भएको छैन ।

मोबाइलमा फोन गर्दा ‘कल इण्ड’ भएको देखाउँछ ।

यो समस्या देशैभर रहेको टेलिकमले जनाएको छ । देशभरका पोष्टपेड र प्रिपेड नम्बरमा फोन लागेको छैन ।

टेलिकमका अनुसार अहिले समस्या समाधानका लागि प्रयास भइरहेको छ । के कारण समस्या देखिएको भन्ने खुलेको छैन ।

याे पनि हेर्नुस्
Loading...