बैतडी : नेपाल टेलिकमका टावरहरुले काम गर्न छाडे पछि सेवाग्राहीहरु समस्यामा

जनक साउँद-बैतडी-असोज ०७/ बैतडीका बिभिन्न ठाउँमा रहेका नेपाल टेलिकमका टावरहरुले काम गर्न छाडे पछि सेवाग्राहीहरु समस्यामा परेका छन् । बिगत ३, ४ महिना यतादेखि जिल्लाका अधिकासं ठाउँमा रहेका टावरहरुले काम गर्न छाडेका भए पनि मर्मत सम्भारमा सम्बन्धित निकायले चासो नदिदा सञ्चार सुविधाबाट वञ्चित हुनु परेको सवाग्राहीहरुको गुनासो छ । कुनै ठाउँमा रहेका टावरहरुले घाम लागेको बेला मात्रै काम गर्ने गरेका छन् । पानी परेको बेला तथा बादल लागेको बेला र रातिको समयमा नेटवर्कले पुणर् रुपमा काम गर्न छाडेको बताईएको छ । नेपाल टेलिकमले टावरहरु मात्रै ठड्याएको तर सेवा सुधारमा ध्यान नदिएको पुर्चौडी नगरपालिका वडा नम्बर ४ कुवाँकोटका स्थानिय मिलन धामीले बताउनुभयो ।

 

वडा नम्बर ४ कै दहतालमा रहेको टेलिकमको टावरले असारदेखि पुणर् रुपमा काम गर्न छाडेको धामीले जानकारी दिनुभयो । नेपाल टेलिकमसंगै अन्य कम्पनीका सिमहरुले पनी काम नगर्दा गाउँ नै सञ्चार सुविधाबाट लामो समयदेखि वञ्चित हुनुपरेको धामीले गुनासो गर्नुभयो । नेपाल टेलिकम बैतडी शाखा उक्त समस्यासंग लामो समयदेखि परिचित भए पनि सेवा सुधार भने गर्न सकेको छैन् । बिद्युतीकरण नभएको ठाउँमा सोलारबाट टावरहरु सञ्चालित रहेकाले समस्या हुने गरेको नेपाल टेलीकम बैतडीका प्रमुख बिक्रम राम टमटाले बताउनुभयो । पुर्चौडीको कुवाँकोटमा रहेको टावर पनी सोलारबाटै सञ्चालनमा रहेको र बरिखाको समयमा घाम कम लाग्ने भएकाले काम नगरेको उहाँको भनाई छ । त्यी ठाउँहरुमा बिद्युतीकरणका लागी प्रकृया अगाडी बढाईएको समेत टमटाको दाबी छ ।

याे पनि हेर्नुस्
Loading...