नेपालकै प्रथम साइबर सेकुरिटी जर्नल प्रकाशन हुदै

साइबर सेकुरिटी रिसर्च एण्ड इनोभेसन नेपाल र एनपीसर्टको संयुक्त आयोजनामा साइबर सेकुरिटी रिसर्च एण्ड इनोभेसन नेपालले प्रकाशन गर्न लागेको नेपाल कै प्रथम साइबर सेकुरिटी जर्नलको समुद्घाटन तथा जर्नलका लागि साइबर सेकुरिटी क्षेत्रका बिज्ञहरु बाट लेख रचनाको लागि खुल्ला आब्हान गरियको छ।

बढ्दो अनलाइन कारोबार र सुचना प्रबिधि क्षेत्रमा देखा परेका नविनतम सेवा सुबिधा संग्ग संगै थपियका शुरक्षा चुनौती लाइ अबसरमा बदल्दै मुलुक लाइ नै आबस्यक पर्ने साइबर सुरक्ष्या जनशक्ति तयार गर्न र सुचना प्रबिधि प्रयोगकर्ता लाइ जागरण गर्न आबस्यक रहेकोले रिसर्च र इनोभेसनको साथै प्राप्त सुचना र ज्ञानको प्रयोग गरि साइबर सेकुरिटी जर्नल प्रकाशन गर्न लागिएको आयोजकहरु ले बताए।

असोज २०गते सम्पन्न साइबर सेकुरिटी रिसर्च एण्ड इनोभेसन नेपालले प्रकाशन गर्न लागेको नेपाल कै प्रथम साइबर सेकुरिटी जर्नलको समुद्घाटन कार्यक्रम साइबर सेकुरिटी रिसर्च एण्ड इनोभेसन नेपालका अध्यक्ष प्रा डा सुबर्ण शाक्यको अध्यक्ष्यतामा भयो जसमा संचार तथा सुचना प्रबिधि मन्त्रालयका सह सचिब श्री अनिल कुमार दत्त को प्रमुख आतिथ्यता मा सम्पन्न भयो।

कार्यक्रमका प्रमुख अतिथि श्री अनिल कुमार दत्त ले साइबर सेकुरिटी रिसर्च एण्ड इनोभेसन नेपाल र एनपीसर्ट को संयुक्त सहकार्यमा साइबर सेकुरिटी रिसर्च एण्ड इनोभेसन नेपालले प्रकाशन गर्न लागेको नेपाल कै प्रथम साइबर सेकुरिटी जर्नल साइबर सुरक्ष्या चुनौती ब्यबस्थापन र अवसर सिर्जना गर्न कोशे ढुंगा साबित हुने बताउनु भयो। कार्यक्रमको अध्यक्ष्यता गर्नु हुने प्रा डा सुबर्ण शाक्यले साइबर सेकुरिटी रिसर्च एण्ड इनोभेसन नेपाल र एनपीसर्ट को संयुक्त सहकार्यमा साइबर सेकुरिटी रिसर्च एण्ड इनोभेसन नेपालले प्रकाशन गर्न लागेको नेपाल कै प्रथम साइबर सेकुरिटी जर्नल साइबर सुरक्ष्याको क्षेत्रमा अन्तरास्ट्रिय स्तरमै अब्बल जर्नल बनाउने बताउनु भयो।

साइबर सेकुरिटी रिसर्च एण्ड इनोभेसन नेपाल ले प्रकाशन गर्न लागेको नेपाल कै प्रथम साइबर सेकुरिटी जर्नलमा सुचना प्रबिधि क्षेत्रमा देखिएका जोखिम ब्यबस्थापन , बिश्वोका बिकसितमुलुकका अभ्यासहरु ,उपभोक्ता शिक्षा , पास्वोर्ड ब्यबस्थापन, साइबर सेकुरिटी रणनीति सम्बन्धमा अनुसन्धानमुलक लेख रचनाहरु आब्हान गरिएको थियो । उक्त जर्नलको प्रकाशन कार्य समितिको सहयोग र समन्वयमा संयोजनको जिम्मेबारी डा राजिब सुब्बा लाइ दिईएको छ।

सो कार्यक्रम मा सुचना प्रबिधि बिज्ञहरु डा राजिब सुब्बा , रोम कान्त पाण्डे ,बाबुराम अर्याल र नरेश लाम्गाधे लगायतका अतिथिहरु को उपस्थिति रहेको थियो र उक्त कार्यक्रम मा अतिथिहरुले सुचना प्रबिधि को बढ्दो प्रयोग र उत्पन्न सुरक्ष्या चुनौतिहरु र यसबाट कसरि अवसर सिर्जना गर्न सकिन्छ भन्ने बारेमा चर्चा गरिएको थियो।

सुचना प्रबिधि को बढ्दो प्रयोग र उत्पन्न सुरक्ष्या चुनौतिहरु र यसबाट कसरि अवसर सिर्जना गर्न सकिन्छ भन्ने सन्दर्भमा बढी भन्दा बढी प्रभाबकारिता को लागि साइबर सेकुरिटी रिसर्च एण्ड इनोभेसन नेपालका अध्यक्ष प्रा डा सुबर्ण शाक्य र बग भी का फाउनडर नरेश लाम्गाधे र एनपी सर्टका अध्यक्ष चिरन्जिबी अधिकारि र बग भी का फाउनडर नरेश लाम्गाधे बीच छुट्टा छुट्टै एमवोयु हस्ताक्षर गरि आगामी दिनमा साइबर सेकुरिटी क्षेत्रका चुनौती लाई अबसरमा बदल्न संग संगै सहकार्य गर्ने सम्झौता समेत सम्प्पन भयो ।

साइबर सेकुरिटी बिश्व ब्यापी समस्या को रुपमा आएको र यसले यो क्षेत्रमा काम गर्ने जना शक्ति लाइ राम्रो अवसर समेत संगसंगै ल्यायर आएको तर त्यसलाइ हामीले उपयोग गर्न क्षमता अभिब्रिधि गर्नु पर्ने, प्रसस्त साइबर सेकुरिटी जनशक्ति तयार गर्नु पर्ने , पूर्वाधार र नीति नियम मा धेरै समय सापेक्ष सुधार गर्नु पर्ने र सरकार र निजि क्षेत्रले सहकार्य गर्दै आगाडी बढ्नु पर्ने , साइबर सेकुरिटी को बिषय अत्यन्त बृहद रहेको , नया नया प्रबिधि को बिकास र प्रयोग संग संगै नया नया प्रकृतिका साइबर सेकुरिटी चुनौती समेत आउने बताउदै त्यसका लागि व्यापक क्षमता बिकास र पूर्वाधार तयारिका साथै उपभोक्ता देखि नीति निर्माता र सुचना प्रविधिमा काम गर्ने समुदायमा सहभागितामूलक कार्यक्रम गर्दै समस्याको मिटिगेसन र प्रिकसन् मा ध्यान दिनु जरुरि रहेकोले यी आबस्यकता पुरा गर्न आबस्यक स्तरको जर्नल प्रकाशन गर्ने र साथ साथै नविनतम प्रबिधि संग हातेमालो गर्दै सुचना प्रबिधि क्षेत्रको अध्ययन अनुसन्धान लाइ व्यापक गर्दै लगिने कार्यक्रम संचालक साइबर सेकुरिटी रिसर्च एण्ड इनोभेसन नेपालका माहासचिब इ शालिग्राम पराजुलीले बताउनु भयो ।

याे पनि हेर्नुस्
Loading...