डिभी भर्दै हुनुहुन्छ ? यी कुराहरुमा ध्यान दिनुहोस्

२१ असोज, काठमाडौं – अमेरिकाले सन् २०२३ का लागि डिभी चिट्ठा खुला गरेको छ । अमेरिकी विदेश मन्त्रालयलका अनुसार बुधबार बेलुका ९:४५ देखि डिभी चिट्ठा खुला भएको हो । अमेरिकी स्टेट गभर्मेन्ट’को साइटमा गएर आफ्नो सक्कली कागजात राखेर । डिभी भर्न सकिन्छ । डिभी भर्दा नाम, जन्ममिति, जन्मस्थान, पासपोर्ट विवरण, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरू बुझाउनुपर्छ। डिभी २०२३ का विजेताहरूले सन् २०२३ को सेप्टेम्बर ३० सम्म भिसा प्राप्त गर्नसक्ने छन् भने नतिजा सन् २०२२ को मे महिनामा आउनेछ ।

ध्यान दिनुपर्ने कुरा

  •  डीभी भर्न शैक्षिक योग्यता १२ कक्षासम्मको अध्ययन वा तोकिएको कामको अनुभव अनिवार्य छ ।
  • ६ महिनाभन्दा पुरानो फोटो डीभी भर्दा प्रयोग नगर्ने । पूरानै फोटो प्रयोग गर्दा डीभीका लागि अयोग्य हुने सम्भावना रहन्छ ।
  • आफ्ना विवरण र कागजात जाँचबुझ गरेर अपलोड गर्ने । नाम, जन्ममिति, जन्मस्थान, पासपोर्ट विवरण, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरु सही भर्ने । (डीभी भर्दा विवाहितले दम्पती र सन्तान भए फारम भर्दै विवरण राख्ने । अन्यथा पछि झन्झट हुन सक्छ ।
  • आधिकारिक वेवसाइटबाटमात्र डीभी भर्ने ।
  • पटक पटक आवेदन भर्ने भूल नगर्ने ।

 

news center of article

यो पनि पढ्नुहोस्

डिभी खुल्यो, घरबाटै यसरी भर्नुस्

याे पनि हेर्नुस्
Loading...