बैतडी: आकाशमा बादल लाग्ने बित्तिकै टेलिफोन बन्द

बैतडी – बैतडीको सबैभन्दा बढी जनसङ्ख्या भएको पुरचौडी नगरपालिकामा नेपाल टेलिकमको नेटवर्क आकाशमा बादल लाग्ने बित्तिकै बन्द हुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ ।

विद्युतको पहुँचबाट टाढा रहेको पुरचौडी नगरपालिकाको कुवाकोट–५, काटैको डाँडामा सोलार प्रविधिबाट सञ्चालनमा ल्याइएको नेपाल टेलिकमाको टावरले बादल लागेको दिन काम नगर्दा सञ्चारबाट वञ्चित हुनुपरेको नगरपालिले जानकारी दिएको छ ।

टेलिफोन बन्दा हुँदा नगरपालिकाका स्वास्थ्यकर्मी र जनप्रतिनिधिलाई समस्या भएको बताइएको छ । कोरोना कहरका बेला महत्वपूर्ण रिपोर्टिङ गर्न पनि समस्या हुने गरेको स्थानीय सञ्चारकर्मी हरिश साउदले बताउनुभयो ।

साउदले भन्नुभयो, “ आकाशमा बादल लागेपछि फोनको नेटवर्क आउँदैन । फोन बन्द भएको आज करिब २८ दिन भइसकेको छ । डिलासैनी गाउँपालिकामा रहेको टावर खोज्न दुइृ घण्टा उकालो हिँडेर डाँडामा गएपछि बल्ल नेटवर्क आउँछ ।

news center of article

नेपाल टेलिकमसँग गुनासो गरे पनि टावर हेर्न अहिलेसम्म कोही आएका छैनन् । ”करिब ५० हजार जनसङ्ख्या भएको पुरचौडी नगरपालिकामा टेलिकमको सेवा प्रभावकारी बनाउन मुख्य फोरजी नेटवर्क आउने टावर निर्माणको काम कोरोनाका कारण रोकिएकोले समस्या भएको नेपाल टेलिकम बैतडी शाखाका प्रमुख सुरेन्द्रसिंह कार्कीले बताउनुभयो ।

चालू आर्थिक वर्षमा बैतडी जिल्लामाथप १० वटा फोरजी नेटवर्क टावरको काम चलिरहेको नेपाल टेलिकम बैतडी शाखाले बताएको छ । कोरोनाको असर केहीकमभए टावर निर्माणको काम अघि बढ्ने टेलिकमले जानकारी दिएको छ ।

गोरखापत्र

याे पनि हेर्नुस्
Loading...