आजदेखि नेपालबाटै टिकटक भेरिफिकेसन हुने, यस्ता छन ४ तरिकाहरु

काठमाडौं – आजदेखि नेपालबाटै टिकटकको अकाउन्ट भेरिफिकेसनकाे हुने भएकाे छ । यसअघि भारतबाट टिकटक भेरिफिकेसन हुँदै आएकोमा अब नेपाली कम्पनीबाटै भेरिफिकेसनको काम हुने भएको हो ।

यसका लागि रिलिज नेपाल प्रालिले भेरिफिकेसनको काम सुरू गरेकाे छ । याे कम्पनी टिकटकको नेपालका लागि कन्टेन्ट पार्टनर कम्पनी हो ।

अब यसबाट भेरिफाई भएका टिकटक मोनिटाइज समेत हुने उल्लेख छ । मोनिटाइज भएका अकाउन्टमा राखिएको कन्टेन्टमा विज्ञापन आउने र त्यसवापत सम्बन्धित टिकटकका अकाउन्ट सञ्चालकले रकम पाउने छन् ।

यस्ता छन तरिका

१. सबैभन्दा पहिले रिलिज नेपालकाे वेबसाइटमा जानुहोस् ।
२.त्यसपछि टिकटक प्राेफाइल भेरिफाई गर्न अप्लाई नाउ बटन क्लिक गर्नुहाेस् ।

news center of article

३. त्यसपछि वेबसाइटमा राखिएको फाराम भर्नुपर्ने छ ।

४. फाराम भरेको ४५ देखि ६० दिनभित्र अकाउन्ट भेरिफाई हुनेछ ।

भेरिफाई अकाउन्टमा निलो भेरिफिकेसन चिन्ह देखिने छ । त्यही अकाउन्टले मोनिटाइजपछि पैसा आउने रिजिल नेपालले जानकारी दिएको छ । भेरिफिकेसन भएको अकाउन्ट ह्याक हुने र कन्टेन्ट हट्ने लगायतका समस्या पनि नहुने रिलिज नेपालले जनाएको छ ।

हालसम्म नेपालको टिकटकमा विज्ञापन देखिने गरेको छैन । यसअघि भेरिफाइड भइसकेका अकाउन्टमा समेत विज्ञापनका लागि एउटा नोटिफिकेसन आउने रिलिज नेपालका आईटी हेड राजकुमार श्रेष्ठले बताए ।

याे पनि हेर्नुस्
Loading...