नेपाल टेलिकमले डाक्टरलाई एक महिना निःशुल्क भ्वाइस प्याक दिने

काठमाडौं – सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले चिकित्सकहरुलाई एक महिनासम्म निःशुल्क मोबाइल सेवा उपलब्ध गराउने भएको छ । कम्पनीले कोरोना भाइरसको महामारीमा अहोरात्र खटिने डाक्टरहरुलाई प्रोत्साहन स्वरुप महिनादिनको अनलिमिटेड एनटीसी भ्वाइस प्याक सुविधा दिन लागेको हो ।

यो सेवा नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरुले मात्र पाउने काउन्सिलले जनाएको छ ।

news center of article

मोबाइल सुविधा लिनका लागि चिकित्सकको आफ्नो मोबाइल नम्बर नेपाल टेलिकमबाट जारी गरिएको हुनुका साथै सो नम्बर सम्बन्धित चिकित्सक स्वयंकै नाममा दर्ता भएको हुनुपर्ने जनाएको छ ।

फारमका लागि यहाँ क्लिक गर्नुहोस्

याे पनि हेर्नुस्
Loading...