बैतडीको पाटन नगरपालिका ८ मा तालाबन्दी

साउन १२ , बैतडी : जिल्लाको पाटन नगरपालिका वडा नं ८ मा तालाबन्दी गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा काम गरेका कामदारहरुले न्युन पारीश्रमिक पाएको भन्दै तालाबन्दी गरिएको हो । वडामा सञ्चालीत योजनामा काम गरेका कामदारहरुले वडा कार्यालयमा आएर तालाबन्दी गरेका हुन् ।

५ सय १७ रुपैयाका दरले पाउनु पर्ने रकम ६४ रुपैयाका दरले मात्रै प्रतिब्याक्तीलाई दिन खोजिएको भन्दै उनिहरुले असन्तुष्टि जनाएर तालाबन्दी गरेका हुन ।

आफुहरुलाई योजना सम्जौतामा गर्दा दिने भनिएको भुक्तानीको आधारमा नै पारीश्रमिक पाउनु पर्ने माग राखेका छन् । १९ लाखको योजनामा काम कम भएको भन्दै २ लाख मात्रै निकासा भएको छ ।

news center of article

वडा अध्यक्ष पृथ्बीराज पन्तले नगरपालिकाको प्रधानमन्त्री रोजगार साखामा पटक पटक समयमै मुल्याकंन गरेर सम्झौता अनुसारको काम गराउन आग्रह गरेपनि नगरपालिकाबाट प्रबिधिकहरुलाई नपठाएको बताउनुभएको छ ।

पछिल्लो समय भिन्न बाहाना गरि प्रधानमन्त्री रोजगार कार्यक्रममा अनमियतता गरिएको भन्दै चर्काे बिरोध हुन थालेकाे छ।  पाटन नगरपालिकाको सार्बजनिक सुनुवाईमा पनि यस कार्यक्रममा भष्ट्राचार भएको हुदा यसको छनबिन र पार्दशिता हुनुपर्ने अवाज उठेको थियो।

याे पनि हेर्नुस्
Loading...