आगामी तीन दिनसम्म यी स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित वर्षा, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं । जल तथा मौस म विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले दिएको विवरण अनुसार
हाल देशमा भारतको पश्चिम राजस्थान आसपासमा रहेको तथा झारखण्ड आसपासमा अवस्थित न्युन चापीय क्षेत्रहरुको आंशिक प्रभाव देखिन्छ । साथै, मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा थोरै दक्षिणतिर रहेको छ।

हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश र प्रदेश नं १ का थोरै स्थानमा हल्का बर्षा भइरहेको विभागले जनाएको छ ।

 

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ आश्विन ७ गते (बिहीबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा सम्भावना देखिन्छ । यसर्थ उक्त स्थानहरुका पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहाव ९मभदचष्क ायिध० को जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरेको छ ।

२०७८ आश्विन ८ गते (शुक्रबार)

दिउँसोस् देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीस् देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७८ आश्विन ९ गते (शनिबार)

दिउँसोः देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीस् देशभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

याे पनि हेर्नुस्
Loading...