‘गुलाब’ चक्रावातको असर नेपालमा, हेर्नुहोस् आजको मौसम कुन प्रदेशमा कस्तो छ ?

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको छ।
असोज ८ गते बंगालको खाडीमा गहिरो न्यून चापिय क्षेत्र ९म्भभउ मभउचभककष्यल० बन्न शुरु भई आश्विन ९ गते (सेप्टेम्बर २५ तारिक) मा बनेको “गुलाब” नामक शक्तिशाली चक्रवात‍ आश्विन १० गते (२६ तारिक) का दिन उडिसाको जमिनमा अवतरण (बिलमाबिि) भई हाल न्यून चापिय क्षेत्र ९म्भउचभककष्यल० को रुपमा पश्चिम दिशा तर्फ अगाडि बढिरहेको विभागले जनाएको छ ।

देशभर आँशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले बताएको छ । यस्तै, उक्त स्थानहरुका पहाडी भू– भागमा भूक्षय, पहिरो तथा गेग्रान बहाव ९मभदचष्क ायिध० को जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन आग्रह गरेको छ ।

यसको अप्रत्यक्ष परिधीय असर ९एभचषभचब िभाभअत० का कारण नेपालमा आंशिक देखि सामान्य बदलीको अवस्था हुन सक्ने जनाएको छ । यस्तै, तर, यसको असरका कारण देशमा भारी वर्षा हुने संभावमा भने न्यून रहेको जानकारी अवगत गराएको छ ।

हाल देशभर आँशिक देखि सामान्य बदली रही कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक(दुई स्थानमा हल्का वर्षा भएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ आश्विन १२ गते (मंगलबार)

दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७८ आश्विन १३ गते (बुधबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७८ आश्विन १४ गते (बिहिबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

याे पनि हेर्नुस्
Loading...