असोज २७ गते बुधबारसम्म कुन कुन प्रदेशमा छ पानी पर्ने सम्भावना ? हेर्नुस् मौसमविद्को भविष्यवाणी

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली छैन।हाल देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा सामान्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ आश्विन २५ गते (सोमबार)

दिउँसो : देशको पहाडी भूभाममा आंशिक देखि सामान्य बदली तथा अन्य भूभागमा सामान्यतया सफा रही पहाडी भू भागको थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : देशको पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा सामान्यतया सफा रही एक वा दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७८ आश्विन २६ गते (मंगलबार)

दिउँसो : देशभर सामान्यतया सफा देखि आंशिक बदली रही गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

news center of article

राती : देशभर सामान्यतया सफा देखि आंशिक बदली रहनेछ । सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

२०७८ आश्विन २७ गते (बुधबार)

दिउँसो : देशको पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रही पहाडी भू(भागको एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : देशको पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

याे पनि हेर्नुस्
Loading...