विश्वकप हेर्न जानेले कोरोना खोप लगाएकै हुनुपर्ने

विश्वकप फुटबल हेर्नका लागि कोरोना खोप लगाएकै हुनुपर्ने नियम लागू भएको छ। कतार सरकारले अर्को वर्ष हुने फिफा विश्वकपका खेलहरू हेर्न रंगशालामा जाने दर्शकहरूले कोरोनाभाइरसविरूद्धको खोप लगाउनै पर्ने नियम लागू गर्ने भएको हो।

एपीका अनुसार कतारका प्रधानमन्त्री शेख खालिद बिन खालिफा बिन अब्दुलाजिज अल थानीले दर्शकहरू लगाउन कतारले १० लाख डोज भ्याक्सिन किन्न प्रयास गरिरहेको बताएका छन्। कतारमा २०२२ को नोभेम्बर २१ देखि फुटबलको विश्वकप सुरू हुने तालिका छ।

याे पनि हेर्नुस्
Loading...