चीन पूरै देशलाई नै अन्तर्राष्ट्रिय ‘आइसोलेसन’मा राखिदिने अमेरिकाको चेतावनी

काठमाडौं : कोरोनाभाइरसको उत्पत्तिको विषयलाई लिएर चीन र पश्चिमा देशहरुबीच ठूलो विवाद छ । यही बीचमा अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानले यदि चीनले कोरोनाभाइरस उत्तपत्तिबारे खोजी गर्न सहयोग नगरे अन्तर्राष्ट्रिय समुदायले चीन पूरै देशलाई नै अन्तर्राष्ट्रिय आइसोलेसनमा राखिदिने चेतावनी दिएका छन् । बेइजिङले यस मामिलामा सहयोग नगरे चीन विश्व समुदायबाट एक्लिएर अलग थलग बस्नुपर्ने उनको भनाइ थियो ।

उनले भने ‘सहयोग नगरे चीनले विश्वव्यापी स्तरमा आइसोलेसन झेल्नुपर्नेछ ।’ फक्स न्यूजसँगको अन्तरवार्तामा सुलिभानले राष्ट्रपति जो बाइडेनको कदमलाई प्रशंशा गरे । बाइडेनले जी सेभेन सहयोगी नेताहरुसँग चीनमाथि कोरोनाभाइरसको उत्तपत्तिबारे राम्रोसँग जाँचको लागि दबाब बनाउन आग्रह गरेका थिए ।

कोरोनाभाइरसको पहिलो केस चीनको वुहानमा भेटिएको थियो तर अहिलेसम्म यसको उत्पत्तिबारे रहस्य कायमै छ । सुलिभानले भने ‘यस हप्ता युरोपमा बाइडेनले पहिलो पटक कोभिड महामारीको विषयमा सबै देशलाई एकजुट बनाउनुभयो । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले यस्तो गर्न सक्नुभएको थिएन । राष्ट्रपति बाइडेनले गरेर देखाउनुभयो । जी सेभेनका सबै सदस्य देशहरुले चीनविरुद्ध आवाज उठाए र भने कि उसले जाँचको अनुमति दिनुपर्छ ।’

याे पनि हेर्नुस्
Loading...