स्पेनलाई हराउँदै ब्राजिलले जित्यो स्वर्ण, यी खेलाडी बने जितका ‘नायक’

काठमाडौंः जापानमा जारी टोकियो ओलम्पिक अन्तर्गतको पुरुष फुटबलको स्वर्ण ब्राजिलको यू-२३ टिमले जितेको छ ।

शनिबार भएको फाइनलमा स्पेनलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै ब्राजिलले स्वर्ण पदक जितेको छ ।

ब्राजिललाई जित दिलाउन माथुएस कुन्हा र माल्कोमले एक एक गोल गरे । स्पेनका मिकेल ओयार्जाबलले एक गोल फर्काए ।

निसान स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलको ३८ औं मिनेटमा ब्राजिलका रिचार्लीसनले पेनाल्टीमा गोल गर्न सकेनन्। उनको प्रहारले पोस्टको दिशा लिन सकेन ।

news center of article

पहिलो हाफको इन्जुरी समयमा माथुएसले गोल गर्दै ब्राजिललाई १-० को अग्रता दिलाए ।

तर, खेलको ६१ औं मिनेटमा ओयार्जाबलले गोल गर्दै स्पेनलाई १-१ गोलको बराबरीमा फर्काए ।

त्यसपछि निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

अतिरिक्त समयमा ब्राजिलका माल्कोम नायक बने । उनले खेलको १०८ औं मिनेटमा गोल गर्दै ब्राजिललाई २-१ को जितसहित स्वर्ण पदक दिलाए ।

याे पनि हेर्नुस्
Loading...