आमासँगै सुतेका २३ दिनको बच्चा सिरानीले थिचिँदा मृत्यु

भारतको कोलकतामा एक बच्चाको सिरानीले थिचेर मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार दिवाकर मण्डल र अपर्णा दासका २३ दिनको बच्चा आमासँगै बेडमा सुतेका थिए।

आमा सुतिरहेकै बेला बच्चा सिरानी मुनि परेको र बच्चाको मृत्यु भएको बताइएको छ। बच्चालाई जन्म दिएपछि अपर्णा माइत बस्ने बताइएको छ। शनिबार दिउँसो खाना खाएर आमा र बच्चा सुतेको बताइएको छ। आमा उठेर हेर्दा बच्चाको मृत्यु भइसकेको बताइएको छ।

समाचारअनुसार बेडबाट नलडोस् भनेर आमाले साइडमा सिरानी राखेका थिए।

याे पनि हेर्नुस्
Loading...