कसरी चिन्ने नक्कली नोट ? यस्ता छन् उपायहरु

काठमाडाैं – चाडपर्व नजिकिएसँगै बजारमा नक्कली नोटहरुको धेरैमात्रामा नक्कली नोटहरु देखा पर्ने गर्दछन् । नक्कली नोट छुट्याउन जो कोहीलाई गाह्रो हुन्छ । त्यसैले धेरै मानिसहरु ठगिने गरेका छन् तसर्थ नक्कली नोट छुट्याउने केही यस्ता उपायहरु यसप्रकारक रहेका छन् ।

नक्कली नोट र सक्कली नोट छुट्याउने सरल उपायहरु

– नक्कली नोटको दायाँ भागको सेतो खाली भागमा लालीगुराँसको पानी छाप हुँदैन ।

–यस्तै सक्कली नोटमा रहेको चाँदीको रेखाने र एमआरपी भनेर लेखिएको हुन्छ तर नक्कली नोटमा एमआर पी लेखिएको हुँदैन ।

–सक्कली नोटमा चाँदीको रेखा झैँ देखिने झिलझिले माथिदेखि तलसम्म हुन्छ तर नक्कलीमा त्यो रेखा हुँदैन ।

–यसैगरी सक्कली नोटमा बायाँ भागमा भगवतीको चित्र हुन्छ, जुन हातको औँलाले छुँदा प्रस्ट थाहा हुन्छ तर नक्कली नोटमा त्यो चित्र छुँदा पत्ता लाग्दैन ।

–नक्कली नोटको आकार सक्कलीभन्दा केही सानो हुन्छ । सक्कली नोटको रङ उज्यालो र कडा खालको हुन्छ तर नक्कली नोटको रङ हल्का र खुइलिएको जस्तो देखिन्छ ।

याे पनि हेर्नुस्
Loading...