काठमाडौं ।
आइसिसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजअन्तर्गत अहिले नेपालले युएईविरुद्ध खेलिरहेको छ । टस जितेर पहिला फिल्डिङ गरिरहेको नेपालले ३१.२ ओभरमा चौथो सफलता प्राप्त गरेको छ । चौथो सफलता दिलाउने क्रममा आरिफ शेखले वृत्य अरविन्दलाई २४ रनमा आउट गरे ।
उनलाई आरिफले बोल्ड गरेका हुन् । त्यसअघि तेस्रो विकेट दीपेन्द्रसिंह ऐरीले दिलाए । उनले चुन्दगापोयल रिजवानलाई ४ रनमा आउट गरे । दोस्रो सफलता दिलाउने क्रममा करण केसीले ओपनर चिराग सुरीलाई २६ रनमा आउट गरेका थिए ।
उनलाई करणले विकेटकीपर विनोद भण्डारीको हातबाट क्याच गराएका हुन् । त्यसअघि नेपाललाई पहिलो विकेट १५.५ ओभरमा कप्तान सन्दीप लामिछानेले दिलाए । उनले युएईका आक्रामक ब्याटर मोहम्मद वसीमलाई एल्बीडब्लू गर्दै टिमलाई ब्रेकथ्रु दिलाएका हुन् ।
वसीमले ५१ बलमा दुई चौका र एक छक्काको मद्दतमा ३३ रनको पारी खेले । नेपाल र युएईबीचको खेल दुबई अन्तर्राष्ट्रिय रंगशालामा भइरहेको छ ।













