काठमाडौं ।
आइसिसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजअन्तर्गत युएईविरुद्धको खेलमा नेपालले पहिलो विकेट लिएको छ । नेपालले पहिलो विकेट १५.५ ओभरमा लिएको हो । नेपाललाई पहिलो सफलता कप्तान सन्दीप लामिछानेले दिलाए ।
उनले युएईका आक्रामक ब्याटर मोहम्मद वसीमलाई एल्बीडब्लू गर्दै टिमलाई ब्रेकथ्रु दिलाएका हुन् । वसीमले ५१ बलमा दुई चौका र एक छक्काको मद्दतमा ३३ रनको पारी खेले । नेपाल र युएईबीचको खेल दुबई अन्तर्राष्ट्रिय रंगशालामा भइरहेको छ । यूएईले यो समाचार तयार पार्दासम्म १७ ओभरमा एक विकेट गुमाएर ६१ रन बनाएको छ ।
आजको खेलमा नेपालले प्लेइङ–११ मा तीन खेलाडी परिवर्तन गरेको छ । आज कमलसिंह ऐरी, सागर ढकाल र आसिफ शेखलाई विश्राम दिँदै विनोद भण्डारी, विक्रम सोब र पवन सर्राफलाई मौका दिएको छ ।
जारी सिरिजमा विक्रम र पवनको यो पहिलो खेल हो । विनोदले भने पहिलो खेलमा पपुवा न्युगिनीविरुद्ध खेलेका थिए ।
युएईविरुद्ध नेपालको प्लेइङ–११ : सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, विनोद भण्डारी (विकेटकीपर), रोहितकुमार पौडेल, आरिफ शेख, विक्रम सोब, करण केसी, सोमपाल कामी र पवन सर्राफ ।













