Khabar Board
Flash logo up side
flash header

चिसोमा किन सुन्निन्छन् हात खुट्टाका औँलाहरु? कसरी बच्ने?

Nirbachan m

काठमाडौं । चिसोमा देखिने छाला सम्बन्धी विभिन्न समस्यामध्ये हात खुट्टाको औँला सुन्निने समस्या एक हो। अत्याधिक चिसोका कारण धेरैको यो समयमा हात खुट्टाको औँला रातो हुने, चिलाउने, दुख्ने र सुन्निने हुन्छ।

समयमै गरिएको उपचार र रोकथामका उपायले यो समस्या निको हुन्छ। तर समयमै उपचार नगर्दा पिप जम्ने र घाउ पाकेर अपरेशन समेत गर्नुपर्ने छाला रोग विशेषज्ञ प्राडा धर्मेन्द्र कर्णले बताए।

चिसोमा हात खुट्टाको औँला किन सुन्निन्छन्? यसका घरेलु उपचार के छन्? कसरी बच्ने लगायत विषयमा छाला रोग विशेषज्ञ डा कर्णसँग थप कुराकानी गरेका छौँ। उनीसँग गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत गरिएको छः

चिसो मौसमा हात खुट्टाको औँला सुन्निनु कस्तो समस्या हो ?

  • चिसो मौससममा हात खुट्टाको औँला सुन्निनु छाला सम्बन्धी आम समस्या हो।
  • यो समस्या महिलाहरुमा बढी देखिन्छ।
  • मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल भएका, चुरोट तथा सुर्तिजन्य पदार्थको बढी प्रयोग गर्नेमा यो समस्या देखिन्छ।
  • चिसोमा रक्तनलीहरु साँघुरिने भएकाले औँलाहरु रातोपना आउने, पोल्न थाल्ने, चिलाउने हुन्छ।
  • सही उपचार गरिएन भने यो दुई महिनामा बढ्दै जान्छ।
  • औँला सुन्निने समस्या भएकाले हिटर तथा आगोमा सेकाउने गर्नु हुँदैन।
  • मनतातो पानीमा नुन हालेर सेकेमा दुखाई र सुन्नाई कम गर्छ।
  • प्रशस्त मात्रा झोलिलो पदार्थ खानुपर्छ।
  • चिसोमा हात खुट्टाका औँलाहरु चलाइरहनु पर्छ। मसाज गरिरहनुपर्छ।
  • बाथ रोग भएकाहरुलाई पनि यो समस्याले वर्षेनी सताउन सक्छ।
  • लगातारको हिटरको प्रयोगले पनि छालालाई सुख्खा हुने, आँखा पोल्ने, ओठ फुट्ने समस्या हुन्छ।
  • हिटरको प्रयोग गर्दा कोठामा हावाको राम्रो आवतजावत हुनुपर्दछ।
  • एउटै बाक्लो कपडा लगाउनु भन्दा धेरै लेयर भएका कपडा लगाउँदा शरीरलाई बढी न्यानो हुन्छ।
  • छालालाई सुख्खा हुन नदिन मोस्चराइजर, नरिवल, ओलिभ ओयल लगाउन सकिन्छ।
  • औँला सुन्निने समस्या निको नभए चिकित्सकको परामर्शमा जानुपर्छ।

कुन अवस्थामा चिकित्सकको परामर्शमा जानुपर्छ?

  • वर्षेनी यो समस्याले सताउने गरेको छ भने चिसो सुरु हुने बित्तिकै रोकथामका उपाय अपनाउनुपर्छ।
  • धेरै चिसो पानी नचलाउने, औँलाहरुलाई न्यानो बनाएर राख्नुपर्छ।
  • औँलाहरु रातो भइसकेको छ, दुखाई हुन्छ भने उपचारको खाँचो परिसकेको हुन सक्छ।

सुन्निएका औँलालाई मनतातो नुनपानीले सेकाउँदा कसरी राहत मिल्छ?

Center article
  • सुन्निएका औँलाहरुमा सुख्खा तातोपना (ड्राई हिट)ले झन् छालालाई फुटाउँछ।
  • मनतातो पानीमा नुन हालेर सेकाउँदा सुन्निएका अंगलाई सुजन र दुखाई कम गर्छ।
  • यसका लागि मनतातो पानीमा नुन हालेर ५ देखि १० मिनेट हात खुट्टा डुबाउने।
  • त्यसपछि हात खुट्टा पुछेर मोस्चराइजर लगाएर मोजा, पञ्जा लगाएर न्यायो बनाउनुपर्छ।

समयमै उपचार नगर्दा यसले निम्त्याउने जटिलताहरु के के छन्?

  • समयमै उपचार नगर्दा फोका आउने, पाक्ने, कुनै त घाउ पाकेर अपरेशन गर्न गर्नुपर्ने हुन्छ।
  • कुनै बेला बिरामीको हातभरी नै पिप भएर हाडजोर्नीको डाक्टरले अपरेशन गरेको अनुभव पनि मसँग छन्।

चिसोमा औँला सुन्निएर कति बिरामीहरु उपचारका लागि आउँछन्?

  • म कहाँ आउने एक सय जना बिरामीमध्ये २० जना औँला सुन्निएर आउने बिरामी हुन्छन्।
  • तर यहाँ आउने बिरामीहरुलाई हामीले चिसो मौसममा यो समस्या हुन सक्छ भनेर पहिले नै सचेत गराउँछौँ।
  • यो समस्या शहर तिर कम भएपनि गाउँतिर अझै छ।

अन्त्यमा यहाँको सुझाव के छन्?

  • जाडोमा छालामा सुख्खापनको समस्या बढ्दै जान्छ।
  • हात र खुट्टा, अनुहारको छाला बढी सुख्खा हुने समस्या हुन्छ।
  • चिसोमा साबुनको प्रयोग धेरै गर्नु हुँदैन। यसले शरीरले उत्पादन गरेको चिल्लो पदार्थ पनि पखालिने सम्भावना हुन्छ। स्वास्थ्यखबरबाट
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.