सुदृढिकरण र शुद्वीकरणकाे लागि मिसन पार्टी जागरण: सिग्देल

Image

हेटाैँडा/नेकपा एमाले केन्द्रीय लेखा आयाेगका सदस्य नवीन सिग्देलले पार्टी संगठनलाई पुनव्यवस्थित गर्न मिसन पार्टी जागरण अभियान सञ्चालन गरेकाे बताउनु भयाे । हेटाैँडा ४ नं. वडा कमिटीकाे बैठकमा बाेल्दै सिग्देलले पार्टीलाई सुदृढीकरण र नेता कार्यकर्तामा शुद्विकरणकाे लागि मिसन पार्टी जागरण अभियान भएकाे बताउँदै अभियान मार्फत देश, जनता र पार्टीमाथी आउने चुनाैति सामना गर्न र पार्टीलाई मजबुत बनाउन मिसनकाे उदेश्य रहेकाे बताउनुभयाे ।

उहाँले जनताले ठुलाे आश गरेर रास्वपालाई जनताले विजय गराएकाे तर सरकारमा गएपछि चर्काे सुकुम्बासीलाई उठिबास लगाउने, मूल्यबृद्वि, राष्ट्रघाती चरित्र, जान्नेलाई छान्ने भन्दै सबै तहमा आफ्नाे मान्छे भर्ती गरेर प्राप्त जनमतकाे खिल्ली उडाएकाे बताउनु भयाे । मुलुकमा भईरहेकाे यस्ता विकृत क्रियाकलाप राेक्न नेकपा एमाले मात्र सक्ने भएकाेले बलियाे एमाले निर्माणकाे लागि मिसन पार्टी जागरण भएकाे प्रष्ट पार्नुभयाे ।

बैठकले पार्टी सदस्यता नवीकरण र विस्तार गर्ने, पार्टी अनुशासन उलङ्घन गर्नेलाई पहिचान गरि पार्टीकाे अनुशासनकाे दायरामा ल्याउने, अभियानमा वडमा रहेका सबै तहका नेता कार्यकर्ता परिचालिन गर्ने निर्णय गरिएकाे जिल्ला सदस्य तथा हेटाैँडा ४ नं. वडा ईञ्चार्ज शिवहरी दाहालले जानकारी दिनुभयाे । वडा अध्यक्ष राजेन्द्रकुमार बस्ताकाेटीकाे अध्यक्षतामा बसेकाे बैठकमा जिल्ला सदस्य जग्गनाथ पाण्डे, जिल्ला लेखा समितिका सचिव विरेन्द्र ढुङ्गाना, लेखा समितिका जिल्ला सदस्य विवेक कार्की, पार्टी नगर कमिटी सदस्य अर्पणा देवकाेटालगायतकाे उपस्थित रहेकाे थियाे ।