Khabar Board
Flash logo up side
flash header

फेरी २ वटा आईपीओ आउने भए, कुनकाे कति कित्ता ?

Nirbachan m

नियामक निकाय नेपाल धितोपत्र बोर्डमा रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले साधारया शेयर (आइपीओ) निष्कासन गर्नका लागि निवेदन दिएको छ ।

कम्पनीले स्थानिय बासिन्दाका लागि ६८ लाख ४२ हजार १ सय कित्ता आइपीओ निष्कासन गर्नका लागि बोर्डमा पुस २३ गते निवेदन दिएको हो ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि कम्पनीले आइपीओ निष्कासन गर्नेछ ।

यसैगरी पिपुल्स पावर लिमिटेडले आइपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

Center article

कम्पनीले ३० लाख ९९ हजार ७४० कित्ता आइपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्रबोर्डमा पुस २७ गते निवेदन दिएको हो ।

विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । बोर्डबाट स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दाका लागि आइपीओ निष्कासन गर्नेछ भने त्यसपछि दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.