हेटौंडा/ मकवानपुरमा पछिल्लो समय परम्परागत धातुका गहनाप्रति आकर्षण बढ्दै जाँदा हेटौंडा–४ खोपेगल्लीमा सञ्चालनमा रहेको “पञ्चधातु कलेक्सन” ग्राहकहरूको रोजाइमा पर्न थालेको छ। विशेषगरी पञ्चधातुबाट बनेका गहनाहरूको माग बढेसँगै उक्त पसलले पनि विविध डिजाइन र सेवामार्फत ग्राहकलाई आकर्षित गरिरहेको छ।
पसलमा विभिन्न प्रकारका तयार गहनाहरू उपलब्ध हुनुका साथै ग्राहकको चाहनाअनुसार अर्डरमा पनि पियोर पञ्चधातुका गहना बनाइने व्यवस्था गरिएको छ। यसले व्यक्तिगत डिजाइन रोज्ने ग्राहकलाई सहज बनाएको व्यवसायीहरूको भनाइ छ।
सञ्चालक प्रो. जेनि घले र अमृत घिमिरेका अनुसार गुणस्तरीय सामग्री र विश्वसनीय सेवाले नै ग्राहकको विश्वास जित्न सफल भएको हो। “हामी ग्राहकको सन्तुष्टिलाई पहिलो प्राथमिकता दिन्छौं,” उहाँहरूले बताउनुभयो।
यता, आमा खुवाउने औँसी तथा नयाँ वर्षको अवसर पारेर विशेष छुटको व्यवस्था गरिएकाे अमृत घिमिरेले बताउँदै ग्राहकहरूलाई एक पटक पसलमा आएर सेवा लिन आग्रह गर्नुभएको छ।
















