राष्ट्रवादी र लाेकतान्त्रिक शक्तिबीच सहकार्य हुनुपर्ने: एमाले नेता सिग्देल

Image

हेटाैँडा/नेकपा एमाले केन्द्रीय लेखा आयाेगकाे सदस्य नवीन सिग्देलले राष्ट्रवादी र लाेकतान्त्रिक शक्तिबीच सहकार्य हुनुपर्ने बताउनु भयाे ।

नेकपा एमाले मकवानपुर गढी गाउँपालिका ५ नं. वडाद्वारा
चार्डपर्वकाे अवसरमा आयाेजित शुभकामना तथा चियापान कार्यक्रममा बाेल्दै नेपालकै ईतिहासमा राष्ट्रियता संकटमा परेकाे, विदेशी चलखेल बढेकाे, संविधान र लाेकतन्त्रमाथी प्रहार भएकाे छ, उहाँले भन्नुभयाे । कार्यक्रममा शुभकामना व्यक्त गर्द‌ै राष्ट्रियता, संविधान र लाेकतन्त्र रक्षाकाे लागि राष्ट्रवादी र लाेकतान्त्रिक शक्तिबीच सहकार्य हुनपर्ने बताउनु भयाे ।

उहाँले राष्ट्रियता र लाेकतन्त्रकाे निम्ति लामाे संघर्ष गरेका दलविरूद्व गलत प्रचार गरेर जनमत प्राप्त गरेकाे सरकार केही महिनामा नै सरकार सञ्चालन गर्न असक्षम भएकाे दावि गर्नुभयाे । सुकुम्बासीकाे उठिबास लगाउने, विपत्तमा समेत सहकार्य गर्न तयार नहुने, अरू दललाई अनाधार गर्ने, संघसंगठन प्रतिबन्ध लगाउने, सरकार प्रमुखबाट राष्ट्रियताबारे अनावश्यक शब्दहरू संसदमा बाेल्ने, मुलुकमा दिनहुँ हत्या, हिँसा, महङ्गी बढेर जनताकाे दैनिक जीवन कष्टकर हुनु सरकार सञ्चालनका असक्षमताकाे उदाहरण भएकाे बताउनुभयाे । यसबेला लाेकतन्त्रकाे लागि लामाे संघर्ष गरेका दलहरू राष्ट्र र जनताकाे समस्यालाई टुलुटुलु हेरेर बस्न नसक्ने हुँदा साझा मुद्वामा सहकार्य गर्दै अगाडि बढ्नु पर्नेमा उहाँकाे जाेड थियाे ।

कार्यक्रममा जिल्ला सचिवालय सदस्य विदुर हुँमागाईले बिकास र समृद्विकाे लागि एमाले बलियाे हुनुपर्ने बताउनु भयाे । बलियाे एमालेले आगामी स्थानीय तहकाे निर्वाचनमा विजय भई समृद्व पालिका निर्माणकाे नेतृत्व गर्नुपर्ने बताउनु भयाे । उहाँले सबै नेता र कार्यकर्ताकाे ध्यान पार्टी निर्माण र स्थानीय निर्वाचनमा केन्द्रीत हुनपर्ने बताउनु भयाे ।

वडा पार्टी अध्यक्ष रमेश तिमल्सिनाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेकपा एमाले प्रदेश लेखा कमिटीकाे सचिव हरि कंडेल, जिल्ला सचिवालय सदस्य मेम्बर लाे, जिल्ला सदस्यहरू रामजी सापकाेटा, सन्ताेष पा‌ैडेल, पालिका कमिटीका अध्यक्ष जीतबहादुर घिमिरे, पेशागत महासंघ, नेपाल प्रदेश उपाध्यक्ष सिताराम दाहाल, अनेकिसंघ जिल्ला अध्यक्ष विष्णस दंगाल, अनेरास्ववियु हेटाैँडा उपमहानगर कमिटी अध्यक्ष रिजन जिसीलगायत विभिन्न पार्टीकाे प्रतिनिधिहरूकाे उपस्थिति रहेकाे वडा सचिव शिवराज तिमल्सिनाले जानकारी दिनुभयाे ।