हेटौंडा ११ सिमलटार स्वरोजगार बंगुरपालक कृषक समुहको १ दिने बंगुरपालन सम्बन्धमा अन्तरकृया कार्यक्रम सम्पन्न

Image

हेटौंडा।

उपमहानगरपालिका वडा नं. ११ सिमलटार स्थित स्वरोजगार बंगुरपालक कृषक समुहको आयोजनामा १ दिने बंगुरपालन सम्बन्धमा अन्तरकृया कार्यक्रम भएको छ ।

हेटौंडा उपमहनगरपालिका वडा नं. ११ की अध्यक्ष जुना दहालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रम स्वरोजगार बंगुरपालक कृषक समुहका किसानहरुलाई प्राविधिक जानकारी दिन र व्यवसायलाई प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको स्वरोजगार बंगुरपालक कृषक समुहका अध्यक्ष देबेन्द्र राईले बताएका छन् ।

कार्यक्रममा खोर व्यवस्थापन, औषधी उपचार, कृतृम गर्वधारण, व्यवसाय व्यवस्थापन, दान व्यवस्थापन, स्वाईन फिवर–खोरेत जस्ता रोगहरु लागेमा बंगुरलाई कसरी जोगाऊने भन्ने विषयहरुमा जानकारी गराई किसानहरुको मागलाई सोम्बोधन गर्ने विषयमा अर्न्तकृया गरिएको पशु सेवा केन्द्र हे.उ.म.न.पा पदमपोखरीका फ्रमुख विक्रम चाम्लीङले जानकारी दिए ।

कार्यत्रममा डा. कमल अधिकारी, पशु प्राविधिक कविराज कोईराला लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा डा. कमल अधिकारीद्वारा बंगुरपालक किसानहरुलाई फिनायल साथै पेनमार नामक औषधी वितरण गरिएको थियो ।