हेटौंडा ।
बागमती प्रदेश सरकारमा आलो पालो मुख्यमन्त्री बन्ने सहमती गरेका थिए सहमतिअनुसार असार १ गते बजेट ल्याएर संसदबाट पास भएपछी मुख्यमन्त्री छाड्ने भनेपनि अहिलेका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे सहमती तोडेर यो कार्यकाल भरी आफै मुख्यमन्त्री बन्ने दाउमा रहेका छन्। पाण्डेले औपचारिक रुपमानै मुख्यमन्त्री नछोड्ने बताइरहेका छन् । सहमती आनुसार इन्द्र बानियाँलाई मुख्यमन्त्री बन्न नदिने दाउमा राजेन्द्र पाण्डे लागेका हुन्।
सहमती के भएको थियो त?
पहिलेको छ महिना पाण्डे मुख्यमन्त्री बनेर पछील्लो छ महिना बानियाँ मुख्यमन्त्री बन्ने सहमती भएको थियो । तर, फेरी बजेट प्रस्तुत गरेर संसदबाट पास भएपछी मुख्यमन्त्री परिवर्तन गर्ने भनिएपनि त्यस अनुसार नहुने भएको छ ।
पहिलेको समहती अनुसार आलो पालो मुख्यमन्त्री बन्ने सहमती भएका प्रदेश सरकारका एक मन्त्रीले बताएकाछन् । सहमती अनुसार काम गर्ने हो भने बजेट पास भएपछी पाण्डेले मुख्यमन्त्री छोड्नुपर्ने उनले बताएका छन् । पहिलेको सहमती अनुसार असार १ गते बजेट ल्याएर संसदबाट बजेट पास भएपछी मुख्यमन्त्री छोड्ने भनिएपनि त्यसलाई तोडेर यो कार्यकाल भरी आफै मुख्यमन्त्री बन्ने दाउमा पाण्डे रहेका छन् ।
मुख्यमन्त्री राजेन्द्र पाण्डेले भने केन्द्रको निर्णयले मात्र प्रदेशको समीकरण तलमाथि हुन सक्ने बताएका छन्। उनले प्रधानमन्त्री शेरबहादुर देउवाले नै प्रदेश सरकारको नेतृत्व फेरबदल नहुने सार्वजनिक रूपमै भनिसकेकाले अहिले प्रचार गरिएजस्तो वाग्मती प्रदेश समीकरण नबदलिने दाबी गरेका छन् । प्रधानमन्त्रीज्यूले आफैले प्रदेश सरकार फेरबदल हुँदैन भन्नुभएको छ । त्यसैले अहिले सरकार फेरबदलको सम्भावना छैन । उनले भने । गत कार्तिकमा तीन दल मिलेर वाग्मतीमा गठबन्धनको नयाँ सरकार बनेको थियो । त्यतीबेला नेकपा एकीकृत समाजवादीले सरकारको नेतृत्व पाएको थियो र पार्टीबाट राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री बनेका थिए।
कार्तिकमा सरकार बन्दा बाँकी रहेको समय आधा–आधा अर्थात ६–६ महिना सरकारको नेतृत्व गर्ने सहमति नेकपा एस र नेपाली कांग्रेसबीच भएको थियो । अहिले नेपाली कांग्रेसले प्रदेशको बजेट पास भएपछि सरकारको नेतृत्व आफूले पाउनुपर्ने माग गरिरहेको छ । सहमति अनुसार इन्द्र बानियाँ मुख्यमन्त्री बन्नुपर्ने हो । त्यतिबेला ६,६ महिना सरकारको नेतृत्व गर्ने सहमति भएकै हो र सहमतिअनुसार अब अघि बढ्नुपर्छ । केन्द्रसँग कुराकानी भइरहेको छ । ती मन्त्रीले बजेट पास भएपश्चात् नयाँ समीकरण बन्नसक्ने बताए । तर मुख्यमन्त्री पाण्डेले प्रदेशमा भएको सहमतिले सरकार फेरबदल गरे त्यस्को अर्थ नहुने बताएका छन्।
नेकपा एसका उपाध्यक्षसमेत रहेका मुख्यमन्त्री पाण्डेले प्रदेशबाट समीकरणको निर्णय हुन नसक्ने बताएका छन् । उनले केन्द्रीय गठबन्धनका कारण प्रदेश समीकरण बनेको भन्दै केन्द्रीय नेतृत्वले चाहेमा मात्र समिकरण परिवर्तन हुने जानकारी दिए । यो प्रदेश सरकार माथीबाट बनेको हो । यहाँबाट बनेको होइन माथिबाट सञ्चालित छ । गठबन्धनका शीर्ष नेताहरूबीच जे सहमति बन्छ त्यसअनुसार यो सरकारले समीकरणको आगामी बाटो तय गर्छ भन्ने भनाई पाण्डे को रहेको छ।
















