Khabar Board
Flash logo up side
flash header

नेपालले दियो कुवेतलाई चुनौतीपूर्ण लक्ष्य, रुबिना र इन्दुको उत्कृष्ट ब्याटिङ

Nirbachan m

काठमाडौं ।

एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपमा नेपालले जितका लागि कुवेतलाई १ सय ८ रनको लक्ष्य दिएको छ।मलेसियाको किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७ रन बनायो ।

नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ३४ रन जोडिन । यस्तै इन्दु बर्माले २८ रन बनाए । नेपाल आज लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । शुक्रबार भएको पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले हराएको थियो ।

कुवेत भने पहिलो जित निकाल्ने योजनामा रहेको छ । कुवेत र बहराइनबीचको पहिलो खेल वर्षाले नतिजा विहीन बनेको थियो । कुवेतविरुद्धको यस अघिको दुई भेटमा नेपालले जित निकालेको थियो । त्यसैले नेपाल आत्मविश्वासका साथ मैदान उत्रने छ ।

Center article

च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् ।नेपाल १ खेलमा २ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । कुवेत १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

अब नेपालले सोमबार बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ। च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी-ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.