प्रिमियर लिग : बर्नली र ब्रेन्टफोर्ड विजयी

Image

काठमाडौँ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा बर्नली र ब्रेन्टफोर्ड एफसीले जित हासिल गरेका छन्। लुटनको घरेलु मैदान केनिलवर्थ रोडमा शनिबार राति सम्पन्न खेलमा ब्रेन्टफोर्डले ५-१ले विजयी भयो।

पाहुना टोली ब्रेन्टफोर्डको जितमा योने विसाले २, इथान पिनोक, केन लुईस पोटर र केभिन शेडले समान १/१ गोल गरे। यता, ल्यूक बेरीले गरेको एक मात्रै गोल घरेलु टोलीको लागि सान्त्वना बन्यो।

जितसँगै जारी सिजन ३४ खेलबाट ३५ अंक जोडेको ब्रेन्टफोर्ड १४औँ स्थानमा उक्लिएको छ। पराजित लुटन भने समान खेलबाट २५ अंकसहित पुछारबाट तेस्रो स्थानमा रहेको छ।

यस्तै। अर्को खेलमा शेफिल्ड युनाइटेड एफसीमाथि बर्नलीले ४-१ को जित हासिल गरेको छ। शेफिल्डको घरेलु मैदान ब्रामल लेनमा सम्पन्न खेलमा पाहुना टोलीको जितमा ज्याकव ब्रुन लार्सन, लोरेन्ज असाइनोन, लिल फोस्टर र जोहान बर्गले समान १/१ गोल गरे। घरेलु टोलीका लागि गुस्ताभो ह्यामरले गरेको गोल सान्त्वना बन्यो।