Khabar Board
Flash logo up side
flash header

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह अध्यापन अनुमतिपत्रको दरखास्त सम्बन्धी यस्तो आयो सूचना

Nirbachan m

काठमाडौं । 

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह अध्यापन अनुमतिपत्रको अनलाइन दरखास्त फाराम भर्ने म्याद थप गरेको छ। आयोगको अनलाइन पोर्टलमा समस्या आएपछि म्याद थप गरेको हो। सोमबार एक सूचना जारी गर्दै सिङ्गल दस्तुरमा २ दिन म्याद थप गरि २०७९/०३/०९ गते र दोब्बर दस्तुरमा २०७९/०३/१६ गतेसम्म म्याद कायम गरेको छ।

यस्तो छ सूचना : शिक्षक सेवा आयोगबाट प्रकाशित निम्न माध्यमिक तह अध्यापन अनुमतिपत्रको अनलाइन दरखास्त फाराम भर्ने सिंगल दस्तुरको अन्तिम म्याद मिति २०७९।०३।०७ गते सम्म र दोब्बर दस्तुरको अन्तिम म्याद मिति २०७९/०३/ १४ गतेसम्म तोकिएकोमा शिक्षक सेवा आयोगको TSC Job Portal license.tsc.gov.np मा मिति २०७९ असार ६ गते बिहान करिब १० बजेबाट प्राविधिक समस्या आएको हुँदा पूर्व प्रकाशित सूचना वमोजिम दरखास्त दिने उम्मेद्वारहरुको सुविधालाई ध्यानमा राखी मिति २०७९/०२/०९ मा प्रकाशित विज्ञापनमा तोकिएको म्यादमा २ दिन थप गरी क्रमशः सिंगल दस्तुरको म्याद मिति २०७९।०३ ।०९ गते राती ११:५९ बजेसम्म र दोब्वर दस्तुरको म्याद मिति २०७९।०३। १६ गते राती ११:५९ बजेसम्म कायम गरिएको छ ।

Center article

उक्त थपिएको म्याद सकिएको भोलिपल्ट बैङ्किङ कारोवार हुने समयभित्र तोकिएको राजश्च दस्तुर रकम तोकिएको बैङ्कमा अनिवार्य रुपमा जम्मा गर्नुहुन आयोगको मिति २०७९।०३।०६ को निर्णयानुसार जानकारीका लागि यो सूचना प्रकशित गरिएको छ। साथै अन्य विषयको हकमा यो विज्ञापन प्रकाशित हुँदा उल्लेख भएका सर्तहरु कायम रहने व्यहोरा समेत जानकारी गराईन्छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.