Khabar Board
Flash logo up side
flash header

शिक्षा नै विकासको मेरुदण्ड : शिक्षामन्त्री पौडेल

Nirbachan m

भैरहवा ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा नै विकाशको मेरुदण्ड भएको बताएका छन् । शुक्रबार लुम्बिनी बौद्ध विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा बोल्दै उनले राष्ट्र निर्माणमा शिक्षा महत्वपूर्ण पाटो भएको बताउँदै शिक्षा नै विकाशको मेरुदण्ड भएको बताएका हुन् । साथै बौद्ध विश्वविद्यालय विशिष्टीकृत विश्वविद्यालय भएकाले त्यसको आफ्नै महत्व रहेको बताए ।

‘आनन्द हुनु भनेको ज्ञान प्राप्त गरेर बुद्धत्व प्राप्त गरी आत्मिक एवम् भावनात्मक रुपमा सन्तुष्टि हुनु हो’, उनले भने, ‘भौतिक समृद्धि पूर्वाधार विकासबाट हुन्छ भने आत्मिक समृद्धि शान्ति, शिक्षा, नैतिकता, अनुशासन र मानवतबाट प्राप्त हुन्छ ।’ उनले समाज र देशमा सौन्दर्य प्राप्त गर्न प्रत्येक नागरिक ज्ञानी हुनुपर्नेमा जोड दिए ।

Center article

‘समाज र देशमा सौन्दर्य प्राप्त गर्न प्रत्येक नागरिक ज्ञानी हुनुपर्छ’ मन्त्री पौडेलले भने, ‘नागरिकलाई ज्ञानी बनाउने शिक्षा नै हो ।’ लुम्बिनी बौद्ध विश्वविद्यालयलाई बुद्धका उपदेश र बौद्ध शिक्षालाई जीवनोपयागी बनाउने गरी विश्वविद्यालयलाई शैक्षिक अनुसन्धानको केन्द्र बनाउनुपर्नेमा जोड दिए ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.