काठमाडौं ।
शिक्षfमन्त्री देवेन्द्र पौडेलले सरकारले विद्यालय कर्मचारीको तलब बढाउन छलफल गरेको बताएका छन् । आइतबार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक, २०७९ माथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मन्त्री पौडेलले यस्तो बताएका हुन् ।
उनले बजेटमा विद्यालय कर्मचारीको तलब बढाउने कुरा छुटेको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराइ सकिएको बताएका हुन् । विद्यालय कर्मचारीको तलब बढाउन सरकार सकारात्मक रहेको भन्दै शिक्षमन्त्री पौडेलले छुटेको विषय समेट्न मन्त्रालय तयार रहेको बताएका छन् ।