Khabar Board
Flash logo up side
flash header

शिक्षक सेवा आयोगले मावि र निमावि तहको शिक्षक बढुवाको नतिजा सार्वजनिक

Nirbachan m

काठमाडौं ।

Center article

शिक्षक सेवा आयोगले आन्तरिक प्रतियोगिता (बढुवा) माध्यमिक तह, प्रथम श्रेणी, र निम्न माध्यमिक तह, प्रथम श्रेणीको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले लिखित परीक्षाबाट अन्तर्वार्ताको लागि छनोट भएका उम्मेदवारहरुको असार २१ गते (मंगलबार) मावि तहको र असार २२ गते (बुधबार) भएको अन्तर्वार्तापछि नतिजा सार्वजनिक गरेको हो ।

आयोगले परीक्षामा सहभागी लिखित, अन्तर्वार्ता र अनुभव समेतको प्राप्ताङ्कको आधारमा विभिन्न जिल्लाहरुको लागि नतिजा प्रकाशन गरिएको जनाएको छ ।

अन्तर्वार्तामा सम्मिलित उम्मेदवारले आफ्नो नतिजा र प्राप्ताङ्क हेर्न चाहेमा नतिजा प्रकाशन भएको मितिले ७ दिनसम्म आयोगको वेवसाइटबाट हेर्न सकिने जनाएको छ ।

हेर्नुहोस् माध्यमिक तहको नतिजा

हेर्नुहोस् निम्न माध्यमिक तहको नतिजा

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.