Khabar Board
Flash logo up side
flash header

स्थानीय तहले हटाउँदै करारका शिक्षक, अवधि नथप्न निर्देशन

Nirbachan m

काठमाडौं ।

बैतडिको दशरथचन्द नगरपालिकाले तत्काल कुनै पनि शिक्षकको करार अवधि नथप्न विद्यालयलाई निर्देशन दिएको छ । विद्यालयहरुले आफुखुशी करारका शिक्षकहरुको अवधि थप्न थालेपछि सो निर्देशन दिएको हो ।

विद्यालयहरुले आफुखुशी करारका शिक्षकहरुको अवधि थप्न थालेपछि नगरभित्र ठुलो समस्या देखिएकोले निर्णय नहुन्जेल सम्मका लागि कुनैपनि विद्यालयले आफै करार अवधि नथप्न निर्देशन दिएको नगर प्रमुख पुष्पराज जोशीले बताए । उनले करार अवधि थप्न आवश्यक भए नगरपालिकाले थप्ने व्यवस्था रहेकोले विद्यालयले आफै करार नथप्नका लागि नगरभित्रका सबै सबै विद्यालयहरुलाई पत्र पठाइएको जानकारी दिए ।

यता डिलाशैनी गाउँपालिकाले भने २०७८ पुस यता नियुक्त गरेका सबै करार कर्मचारी र शिक्षकलाई साउन १ गतेदेखि अवधि नथप्ने निर्णय गरेको छ । चुनावको वेला भोटकै लागि पूर्ववर्ती सरकारले पालिकामा अन्धाधुन्ध रूपमा कर्मचारी र शिक्षकलाई करारमा भर्ना गरेकोले करार अवधि नथपिने गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए ।

Center article

उनले गाउँपालिकामा स्रोतको अभाव भएकोले पुस ३० गतेपछि नियुक्त भएकाका कर्मचारी र शिक्षकको करार अवधि साउन १ गतेबाट नथप्ने निर्णय भएको बताए । त्यसरी पुस यता नियुक्त भएकाका कर्मचारी र शिक्षक गरी अहिलेसम्म ६५ जना सम्पर्कमा आएको र अरु पनि आउन बाँकी रहेको जोशील खबर एजुकेशनलाई जानकारी दिए ।

यस्तै सोलुखुम्बुको सोताङ गाउँपालिकाले अनुमति प्राप्त भई करारमा नियुक्ति भएका, स्विकृ दरबन्दी शिक्षण सहयोग अनुदान (सर्सत) र गाउँपालिका अनुदान कोटाको करार शिक्षक सबैको करार सम्झौता थप नहुने बताएपनि तत्कालका लागि लागू नगरीने जनाएको छ । २०७९/०८० को नीति तथा कार्यक्रममा करार सम्झौता नविकरण थप नहुने भनिए पनि यो वर्षका लागि लागू नगरीने र निरन्तरा दिइने गाउँपालिका अध्यक्ष खिलराज बस्नेतले बताए ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.