काठमाडौं ।
शिक्षक सेवा आयोगले माध्यमिक तह अध्यापन अनुमतिपत्रको नतिजा प्रकाशन गरेको छ । असार १८ गते सञ्चालन भएको माध्यमिक तह, अध्यापन अनुमतिपत्रको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो । आयोगले परीक्षामा सहभागि भएका उम्मेदवारहरु मध्ये प्रदेशगत रुपमा नतिजा सार्वजनिक गरेको छ ।
गत असार १८ गते लिइएको माध्यमिक तह, अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक भएको छ। जसमा देशभरबाट २३ हजार ७२ जना उत्तीर्ण भएका छन्। शिक्षक सेवा आयोगका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा ७ हजार १ सय ४५ जना उत्तीर्ण भएका छन्। बागमतीमा १ सय ८ जनाको परीक्षा रद्ध गरिएको छ।
यस्तै, प्रदेश १ मा ३ हजार ८ सय ८२ उत्तीर्ण भएका छन्। प्रदेश १ मा ४३ जनाको परीक्षा रद्ध गरिएको छ। मधेश प्रदेशमा १७ सय २० जना उत्तीर्ण भएका छन्। ९६ जनाको परीक्षा रद्ध गरिएको छ। गण्डकी प्रदेशबाट २६ सय ४५, लुम्बिनीबाट ३९ सय ७३, कर्णाली प्रदेशबाट १६ सय ४६ र सुदूरपश्चिमबाट दुई हजार ६१ जना उत्तीर्ण भएका छन्। आयोगका अनुसार गण्डकीमा ३६, लुम्बिनीमा ६५, कर्णालीमा ३९ र सुदूरपश्चिममा ५२ जनाको परीक्षा रद्ध भएको छ।
प्रदेश एकको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्, मधेस प्रदेशको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्, बागमती प्रदेशको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्, गण्डकी प्रदेशको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्, लुम्बिनी प्रदेशको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्, कर्णाली प्रदेशको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्, सुदूरपश्चिम प्रदेशको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्