बाग्लुङ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक दरबन्दी मिलान, आन्तरिक बढुवा, अध्यापन अनुमतिपत्रलगायतका कामले गति लिएको बताएका छन् ।
शनिबार गलकोट र बुर्तिबाङमा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारसँग शैक्षिक तथा पेशागत अन्तर्क्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
मन्त्री पौडेलले १८ वर्षदेखि रोकिएको शिक्षकको आन्तरिक बढुवाका लागि विज्ञापन खुलाएर अन्तिम चरणमा पुर्याएको बताए ।
शिक्षक सेवा आयोगको ११औं संशोधन नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि शिक्षक दरबन्दी मिलान, आन्तरिक बढुवा, अध्यापन अनुमतिपत्रलगायतका कामले गति लिएको उनको भनाइ छ ।