बैतडी ।
दशरथ चन्द बैतडी विद्यार्थी समाज कैलालीद्वारा आयोजित निर्वाचन विशेष हाजिरिजवाफ प्रतियोगिता बैतडीको एक विद्यालयमा सम्पन्न भएको छ।
कैलाली जिल्ला भन्दा बाहिर आफ्नो गृहजिल्ला बैतडीमा समाजद्वारा पहिलो पटक विद्यार्थी मुखी प्रतियोगिता सम्पन्न गरेको हो। जिल्लाको सुर्नया गाउपालिका वडा नम्बर २ सिउँडे स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको प्राङ्गणमा उक्त कार्यक्रमको सम्पन्न गरिएको हो ।
यस्तै प्रतियोगिताको सभापतित्व दशरथ चन्द बैतडी विद्यार्थी समाजका अध्यक्ष चेतन बिक्रम चन्दले गर्नुभएको थियो भने प्रमुख अतिथिमा सुर्नया गाउपालिका वडा नं २ का वडा अध्यक्ष गणेश बिष्ट, विशिष्ट अतिथीमा विद्यालयका प्रधानाध्यापक राजेन्द्र बहादुर बिष्ट रहेका थिए। प्रतियोगितामा सहभागि भइ प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरुस्कारको व्यवस्था गरिएको थियो।