Khabar Board
Flash logo up side
flash header

विश्व क्रिकेटका यी तीन स्टार क्रिकेटर : जसले एक वानडे म्याचमा सर्वाधिक छक्का हिर्काए

Nirbachan m

काठमाडौं ।

इंग्ल्याण्डका जोस बटलरले नेदरल्यान्ड्सविरुद्धको पहिलो एकदिवसीय खेलमा शानदार पारी खेले । उनले चौथो नम्बरमा आएर ७० बलमा अविजित १६२ रनको विस्फोटक पारी खेले । बटलरको इनिङ्समा ७ चौका र १४ छक्का सामेल थिए । यसका बाबजुद उनी एक पारीमा सर्वाधिक छक्का हिर्काउने रेडर्क बनाउन भने चुके । यसैबीच, आज एकदिवसीयमा एक खेलमा सर्वाधिक छक्का हिर्काउने तीन ब्याटरको चर्चा गर्दैछौँ :

३. एबी डिभिलियर्स : यो सूचीको तेस्रो स्थानमा दक्षिण अफ्रिकाका पूर्वस्टार ब्याटर एबी डिभिलियर्सको नाम आउँछ । उनले १८ जनवरी २०१५ मा जोहानेसबर्गमा वेस्ट इन्डिजविरुद्ध ओडीआई खेले । त्यो खेलमा डिभिलियर्सले ३३८.६३ को उत्कृष्ट स्ट्राइक रेटमा ४४ बलमा १४९ रनको इनिङ खेलेका थिए ।

जसमा उनले ९ चौका र १६ छक्का प्रहार गरे । डिभिलियर्सको उक्त इनिङ्सको मद्दतले दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा २ विकेट गुमाएर ४३९ रन बनाएको थियो । जवाफमा वेस्ट इन्डिज १४८ रनमै अलआउट भयो ।

२. रोहित शर्मा : यो सूचीको दोस्रो स्थानमा भारतका स्टार ब्याटर रोहित शर्माको नाम आउँछ । २ नोभेम्बर २०१३ मा उनले बैंगलोरमा अस्ट्रेलियाविरुद्ध एकदिवसीय खेलमा शानदार पारी खेले । त्यो खेल रोहितका लागि सधैं यादगार बनेको छ । किनकि सोही खेलमा उनले ओडिआई ढाँचामा आफ्नो पहिलो दोहोरो शतक बनाएका थिए ।

Center article

उक्त खेलमा रोहितले १ सय ३२.२७ को स्ट्राइक रेटमा १५८ बलमा २०९ रन बनाएका थिए । रोहितको इनिङ्समा १२ चौका र १६ छक्का समावेश थियो । उनको त्यो आक्रामक इनिङ्सको मद्दतले भारतले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३८३ रन बनाएको थियो । सो खेलमा अस्ट्रेलिया ५७ रनले पराजित भएको थियो ।

१. इयोन मोर्गन : एकदिवसीय अन्तर्राष्ट्रियको एक खेलमा सर्वाधिक छक्का हिर्काउने रेकर्ड इंग्ल्याण्कडा कप्तान इयोन मोर्गनको नाममा छ । उनले यो कीर्तिमान १८ जुन २०१९ मा म्यानचेस्टरमा अफगानिस्तानविरुद्ध हासिल गरे । सो विश्वकप खेलमा मोर्गनले ७१ बलमा २०८.४५ को स्ट्राइक रेटमा १४८ रन बनाए ।

उनले यस पारीमा चार चौका र १७ छक्का प्रहार गरे । मोर्गनको इनिङ्सका कारण इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३९७ रन बनायो । सो खेलमा अफगानिस्तान १५० रनले पराजित भएको थियो ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.