माता तीर्थ औँसीमा जेष्ठ आमाहरूलाई सम्मान गर्दै सिद्धेश्वर माविको प्रेरणादायी पहल

Image

बैतडी — माता तीर्थ औँसी (आमाको मुख हेर्ने दिन) को पावन अवसरमा पाटन नगरपालिका–९ हुक्केडाँडास्थित श्री सिद्धेश्वर माध्यमिक विद्यालयले जेष्ठ आमाहरूलाई सम्मान गर्दै सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।

विद्यालयले वि.सं. २०७४ सालदेखि निरन्तर सञ्चालन गर्दै आएको यस कार्यक्रम अन्तर्गत यस वर्ष पनि भव्य रूपमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा विद्यालय सेवा क्षेत्रभित्रका १९ जना जेष्ठ आमाहरूलाई आमन्त्रण गरी फूलमाला, टीका तथा खादा अर्पण गर्नुका साथै फलफूल वितरण गरेर सम्मान गरिएको थियो।

आमाहरूको त्याग, माया र योगदानप्रति कृतज्ञता व्यक्त गर्ने तथा समाजमा जेष्ठ नागरिकप्रति सम्मान र आदरको भावना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको विद्यालयले जनाएको छ।

सम्मानित भएका आमाहरु

१. कलावती भाट धारापानी ७१ वर्ष
२. पार्वती महरा हुक्केडाडा ६९ वर्ष
३. जानकी भाट गैराखान ७१ वर्ष
४. जानकि भाट गैराखान ६९ वर्ष
५. रामा भाट गैराखान ७० वर्ष
६. रोहिना मडै रुइसानी ६९ वर्ष
७. कल्सा महरा राङ्गाजुजौना ७३ वर्ष
८. जैमती महरा राङ्गाजुजौना ६९ वर्ष
९. रोहिना महरा राङ्गाजुजौना ७५ वर्ष
१०. दुरा महरा कर्तेकोट ६९ वर्ष
११. कृष्णा चन्द कर्तेकोट ७१ वर्ष
१२. मानमती महरा कर्तेकोट ६९ वर्ष
१३. मानमति महरा सिलंगापानी ९९ वर्ष
१४. हरिना लुहार धारापानी ६८ वर्ष
१५. काली लुहार हुक्केडाँडा ६९ वर्ष
१६. परु महरा हुक्केडाँडा ६९ वर्ष
१७. अन्फा महरा सिलंगापानी ७४ वर्ष
१८. कलावती भाट सिलंगापानी ७५ वर्ष र
१९. जस्मा महरा हरिचन ६८ वर्ष

विद्यालयका अनुसार, आमा हुनुको महानता र उहाँहरूको सम्मान नेपाली संस्कारको महत्वपूर्ण पक्ष हो। यस्ता कार्यक्रमले समाजमा माया, सद्भाव र सम्मानको भावना अझ सुदृढ बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।