Khabar Board
Flash logo up side
flash header

काँग्रेस महामन्त्री थापा र शर्मा निर्वाचन आयोग जाँदै

Nirbachan m

काठमाण्डाैं ।

नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा मंगलबार विहान ११ बजे निर्वाचन आयोगको कार्यालय जाने भएका छन् । आयोगको कार्यालय पुगेर उनीहरुले प्रवासी नेपालीहरुलाई मताधिकारको व्यवस्था मिलाउन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाको ध्यानाकर्षण गराउन लागेका हुन् ।

विदेशमा बस्ने नागरिकको मताधिकार, मतदातामा नामावली दर्ता गर्दाको समस्या लगायतका विषयमा कुरा गरिने महामन्त्री शर्माले जानकारी दिए । महामन्त्रीद्वय थापा र शर्माले सोमबार उक्त विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका थिए ।

Center article

सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्थाका लागि कानुन निर्माण गर्न सरकारका नाममा परमादेश जारी गरिसकेको छ । तर आयोगले विदेशमा भएका नेपालीलाई मतदान गर्ने प्रबन्ध मिलाउन सकेको छैन ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.