Khabar Board
Flash logo up side
flash header

सरकारले २६ गते आइतबार दियो सार्वजनिक बिदा (सूचना-सहित)

Nirbachan m

काठमाडौं ।

सरकारले आइतबार २६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै आइतबार सार्वजनिक बिदा दिएको जनाएको हो।

बकर ईदको उपलक्ष्यमा सरकारले बिदा दिने निर्णय गरेको हो। मुस्लिम आयोगले अनुरोध गरेपछि देशभर सार्वजनिक बिदा दिएको मन्त्रालयले जानकारी दिएको छ।

Center article

सूचना : नेपाल राजपत्रमा मिति २०७८/११/२६ मा प्रकाशित सूचनामा इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजहा) का दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको र उक्त पर्व बि.सं. २०७९ असार २६ गते आइतबारका दिन पर्ने भनी मुस्लिम आयोगबाट अनुरोध भई आएकोले मिति २०७९ असार २६ गते देशभर सार्वजनिक बिदा कायम गर्ने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यौ सूचना प्रकाशित गरिएको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.