काठमाडौ ।
शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यायन अनुमति पत्र (लाइसेन्स)को नतिजा सार्वजनिक गरेको छ । आयोगको नियमावली २०५७ को नियम ६क को उपनियम (१) बमोजिम मिति २०७९ साउन २८ गते संचालन भएको निमावि लाइसेन्स परिक्षाकी नतिजा सार्वजनिक भएको हो।
आयोगका अनुसार १ लाख ८१ हजार ५६९ जनाले परीक्षा दिएकोमा ३३ हजार १५८ जना मात्रै पास भएका छन्। यस अनुसार कुल परिक्षार्थिको जम्म १८ प्रतिशत परिक्षार्थीहरु मात्रै उत्तीर्ण भएका छन।
प्रदेश १ मा ६ हजार ४१९ जना पास भएका छन् । ३१ हजार ६८८ जनाले परीक्षा दिएका थिए । जसमा २०.२६ प्रतिशत मात्रै पास भएका छन् ।
त्यस्तै मधेश प्रदेशमा २५ हजार ८१ जनाले परीक्षा दिएकोमा २ हजार ६५७ जना पास भएका छन् । जसमा १०.५९ प्रतिशत मात्रै पास भएका हुन् ।
बागमती प्रदेशमा २६ हजार २८२ जनाले परीक्षा दिएकोमा ६ हजार ५१९ जना पाएका छन् । यहाँ २४.८० प्रतिशत पास भएका हुन् । गण्डकी प्रदेशमा १७ हजार ७६ जनाले परीक्षा दिएकोमा ३ हजार ७५१ जना पास भएका छन् । यो २१.९७ प्रतिशत हुन आउँछ ।
लुम्बिनी प्रदेशमा ३५ हजार १७३ जनाले परीक्षा दिएकोमा ७ हजार ३०५ जना उत्तीर्ण भएका छन् । यो २०.७७ प्रतिशत हो । कर्णाली प्रदेशमा २४ हजार ६१३ जनाले परीक्षा दिएकोमा ३ हजार २४४ जना मात्रै पास भएका छन् । यो १३.१८ प्रतिशत हुन आउँछ ।
सुदूरपश्चिम प्रदेशमा २१ हजार ६५६ जनाले परीक्षा दिएकोमा ३ हजार २६३ जना पास भएका छन् । यो १५.०७ प्रतिशत हुन आउँछ ।
सम्पूर्ण प्रदेशको नतिजा यस पेजमा हेर्न सकिन्छ र