Khabar Board
Flash logo up side
flash header

चितवन-२ मा भारी मतान्तरले रवि लामिछाने विजयी

Nirbachan m

चितवन ।

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका छन् ।

लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्दा श्रेष्ठले १५ हजार ९९ मत ल्याए । श्रेष्ठ सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । नेकपा एमालेका कृष्णभक्त श्रेष्ठ १४ हजार ६४९ मत ल्याउँदै तेस्रो स्थानमा रहे ।

चितवन-२ मुख्यतः एमालेको प्रभाव क्षेत्र हो।  यहाँबाट २०७० र २०७४ सालमा दुवैपटक कृष्णभक्त पोखरेल निर्वाचित भएका थिए। यसपालिको स्थानीय निर्वाचनमा पनि एमालेकै मत धेरै थियो।

त्यसैले यहाँ एमालेका कृष्णभक्त पोखरेल र नेपाली कांग्रेसका उमेश श्रेष्ठबीच नै मुख्य प्रतिस्पर्धा हुने अनुमान थियो। तर रविको प्रवेशले यहाँको राजनीतिक नक्सा बदलिदियो।

परम्परागत रूपमा एमाले र कांग्रेसलाई मत दिँदै आएका मतदाताहरू नै रवितिर कित्ता सरेपछि उनी बलियो बनेका हुन्।

Center article

रविले लामो समय विभिन्न टेलिभिजनमा ‘सिधा कुरा जनता’ सँग भन्ने कार्यक्रम चलाए। त्यो कार्यक्रमबाट उनले अनियमितताविरूद्ध आवाज उठाएको, असहायहरूलाई सहयोग गरेको र सामाजिक काममा सक्रिय भएको भनेर धेरै मतदाताले रविको प्रशंसा गरेका थिए।

चितवन-२ का मतदाताले रविलाई मनपराउनुको अर्को मुख्य कारण उनी चितवनमा हिरासतमा पर्दाको घटना पनि हो।

२०७६ साउनमा रविकै सहकर्मी पत्रकार शालिग्राम पुडासैनीको मृत्यु प्रकरणमा आत्महत्या दुरूत्साहनको मुद्दामा रविलाई प्रहरीले चितवनमा हिरासतमा राखेको थियो। उनी त्यो बेला नै टिभी कार्यक्रममार्फत् लोकप्रिय थिए। उनको समर्थनमा चितवनमा हरेक दिनजस्तो प्रदर्शन भएको थियो। रविलाई अन्याय भयो, उनलाई फसाइँदैछ भनेर त्यो बेला नै धेरै चितवनवासी प्रदर्शनमा ओर्लिएका थिए।

उनी हिरासतबाट छुट्दा नारायणी नदी किनारमा ठूलो संख्यामा समर्थक भेला भएका थिए। त्यही बेलादेखि रविसँग चितवनवासीको र चितवनसँग रविको साइनो प्रगाढ भएको हो।

रविले कुन निर्वाचन क्षेत्रबाट लड्ने भनेर उम्मेदवारी दिने अन्तिम दिनमा मात्रै निणय गरेका थिए। लामो समयसम्म उनी काठमाडौंमा लड्ने कि चितवनमा भनेर दुबिधामा परे। साथसाथै आफू हिरासतमा परेको अप्ठ्यारो समयमा चितवनले देखाएको प्रेम र सद्भाव पनि उनको मनबाट हटेको थिएन। हिरासतमुक्त भएपछि नारायणी नदी किनारमा भेला भएको जनसागरले नै उनको मनमा सुशुप्त राजनीतिक आकांक्षामा सलाई कोरेको थियो।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.