काठमाडौं : राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको दुई ट्रक रासायनिक मल किसानहरुले लुटेर लगेका छन्। धादिङको चरौंदीबाट नियन्त्रणमा लिएको ट्रकलाई काठमाडौं ल्याउँदै गर्दा किसानहरुले धार्केमा लुटेको जिल्ला प्रहरी कार्यालयका डीएसपी जागेश्वर भण्डारीले जानकारी दिए।
उनका अनुसार करिब ३ सय हाराहारीमा किसानहरु भेला भएका थिए। रोपाइँको सयमा रासायनिक मल नपाएपछि किसाहरुले बाटो घेरेर बसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी भण्डारीको भनाइ छ।
रासायनिक मल नपाउँदा किसानहरु मारमा परेका छन्। संसदमा पनि रासायनिक मल उपलब्ध गराउन सांसदहरुले माग गर्दै आएका छन्।