नेपाल र ओन्टारियो दोस्रो अभ्यास खेल आज, यस्तो छ खेल सुरु हुने समय

Image

काठमाडौं ।

क्यानाडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज आइतबार दोस्रो अभ्यास खेल खेल्दैछ । नेपालले आज क्यानडाको ओन्टारियो क्रिकेट क्लबविरुद्ध दोस्रो अभ्यास खेल खेल्नेछ । खेल नेपाली समय अनुसार राति ७:१५ बजे सुरु हुनेछ ।

दोस्रो अभ्यास खेल टी-ट्वान्टी फर्म्याटको हुनेछ । शुक्रबार राति नेपालले ओन्टारियोविरुद्ध एकदिवसीय फर्म्याटमा पहिलो अभ्यास खेल खेलेको थियो । पहिलो अभ्यास खेलमा नेपालले ओन्टारियोलाई ६९ रनले हराएको थियो। क्यानडासँगको सिरिज अघि नेपालले अभ्यास खेल खेलिरहेको हो । नेपालले क्यानडाको राष्ट्रिय टोलीसँग दुई खेलको एकदिवसीय सिरिज खेल्नेछ ।

नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय जुलाई ४ र दोस्रो एकदिवसीय जुलाई ५ मा हुनेछ । त्यसपछि नेपालले स्कटल्याण्डमा विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ । नेपालले स्कटल्याण्डमा हुने लिग टू अन्तर्गतको सिरिजमा घरेलु टोली र नामिबियासँग खेल्नेछ ।

नेपालको सम्भावित प्लेइङ–११ : आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, रोहित पौडेल (उपकप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी (विकेटकिपर), आदिल अन्सारी, सन्दीप लामिछाने (कप्तान), पवन सरार्फ र बसिर अहमद ।