काठमाडौं ।
दोस्रो एकदिवसीयमा भारतविरुद्ध सानदार जित निकालेको छ । लर्ड्समा बिहीबार भएको खेलमा इंग्ल्यान्डले पाहुना टोलीलाई भारतलाई १०० रनको फराकिलो अन्तरले हराएको हो। इंग्ल्यान्डले दिएको २ सय ४७ रनको लक्ष्य पछ्याएको भ्रमणकारी टोली ३८ ओभर ५ बलमा अलआउ हुँदै १ सय ४६ रनमा समेटियो ।
भारतका लागि हार्दिक पाण्डेया र रविद्र जडेजाले समान २९/२९ रन बनाए । सुर्यकुमार यादवले २७ तथा मोहम्मद सामीले २३ रन बनाए ।विराट कोहली १६ रनमा आउट हुँदा अन्य ६ खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । भारतलाई सस्तैमा रोक्न घरेलु टोलीका रिच टाप्लेले ६ विकेट लिए । उनले ९ ओभर ५ बलमा २ मेडन सहित २४ रन खर्चिए ।
ब्रान्डन क्रासी,डेबिड बिलि,मोईन अलि र लियाम लिभिङस्टोनले समान १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको घरेलु टोलीले ४९ ओभरमा अलआउट हुँदै २ सय ४६ रन बनाएको थियो । इंग्ल्यान्डका लागि मोईन अलिले ४७ रन बनाए । डेबिड बिलिले ४१ तथा जोनी बेयस्ट्रोले ३८ रन बनाए । जासन रोयले २३ तथा बेन स्टोकले २१ रन बनाए ।
भारतका लागि युजभेन्द्र चाहलले ४ विकेट लिए । जसप्रित बुमराह र हार्दिक पाण्ड्याले समान २/२ तथा मोहम्मद सामी र प्रसिद्ध कृष्णाले समान १/१ विकेट लिए । यस जितसँगै इंग्ल्यान्डले तीन खेलको सिरिजमा १-१ को बराबरी बनाएको छ । पहिलो खेल भारतले १० विकेटले जितेको थियो । दुई टोलीबीचको तेस्रो तथा निर्णायक एकदिवसीय आइतबार हुनेछ ।
भारतको प्लेइङ–११ : शिखर धवन, रोहित शर्मा (कप्तान), विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेटकिपर), हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा, मोहम्मद शामी, जसप्रित बुमराह, युजवेन्द्र चहल र प्रसिद्ध कृष्णा।
इंग्ल्याण्डको प्लेइङ–११ : जेसन रोय, जोनी बेयरिस्टो, जो रूट, बेन स्टोक्स, जोस बटलर (कप्तान/विकेटकिपर), लियाम लिभिङस्टोन, मोइन अली, क्रेग ओभरटन, डेविड विली, ब्राइडन कार्स र रीस टोप्ली।












