Khabar Board
Flash logo up side
flash header

नामिबिया चुक्यो नेपाललाई विशाल लक्ष्य दिन, सन्दीपले रचे इतिहास

Nirbachan m

काठमाडौं ।

आईसीसी पुरुष विश्वकप लिग टूको त्रिकोणात्मक सिरिज अन्तर्गत नामिबियाले नेपाललाई जितका लागि २०० रनको लक्ष्य दिएको छ । स्कटल्याण्डको एयरमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ९९ रन बनायो ।

नामिबियाका लागि कप्तान जेहार्ड एरास्मसले ५३ रनको अर्धशतकीय इनिङ खेले । यस्तै डेभिड विएसले ३४ रन जोड्दा जेजे स्मिथ र डिभान ला ककले समान २७ रन जोडे। जान निकोल र रुबेन ट्रम्पेलम्यानले समान १९ रन बनाए ।

नेपालका कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए । सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले २/२ विकेट लिदा बसिर अहमेदले १ विकेट लिए ।

नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले इतिहास रचेका छन्। जारी आईसीसी विश्वकप लिग–२ मा नेपालका लागि सर्वाधिक विकेट लिने बलर बन्दै सन्दीपले इतिहास रचेका हुन्। उनले १९ म्याचमा ४१ विकेट लिइसकेका छन्।

स्कटल्याण्डमा जारी विश्वकप लिग–२ को त्रिकोणात्मक वानडे सिरिजअन्तर्गत नामिबियाविरुद्ध ४ विकेट लिएसँगै सन्दीपले विकेट संख्या ४१ पुगाएका हुन्।

Center article

नेपालका लागि लिग–२ मा सर्वाधिक विकेट लिने कीर्तिमान संयुक्तरूपमा सन्दीप र करण केसीको नाममा थियो। दुवैले ३७–३७ विकेट लिएका थिए। अब भने सन्दीपले करणलाई पछि पारेका छन्। नामिबियासँगको खेलमा आज करणले मौका पाएका छैनन्।

नेपाल आज नामिबियालाई हराउँदै सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । तर, नामिबियालाई हराउँन नेपाललाई सहज भने हुनेछैन । किनकि सिरिजको पहिलो भेटमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो ।

नामिबियाविरुद्ध नेपाल पहिलो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ । नामिबिया भने नेपाललाई लगातार दोस्रो भेटमा हराउन चाहन्छ । सिरिजको दोस्रो खेलमा भने नेपालले स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो ।

यता नामिबिया भने स्कटल्याण्डविरुद्ध दुई खेलमा पराजित भएको छ । नेपाल लिग टू को अंक तालिकाको पाँचौं स्थानमा रहेको छ । नेपालले १८ खेलमा १७ अंक जोडेको छ । नामिबिया १७ खेलमा १६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

सिरिजअन्तर्गत नै अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध आइतबार खेल्नेछ । आज नामिबियाविरुद्ध नेपालले एक खेलाडी परिवर्तन गरेको छ। करण केसी टिम बाहिर रहँदा पवन सर्राफ प्लेइङ–११ मा अटाएका छन्।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.