युवा ब्याटर शुभमन गिल बने भारतीय क्रिकेट टोलीका कप्तान

Image

काठमाडौं ।

भारतीय क्रिकेट टोलीका युवा ब्याटर शुभमन गिल कप्तान बनेका छन्। उनी न्यूजिल्याण्ड ‘ए’ सँगको शृंखलाका लागि भारत ‘ए’ टोलीको कप्तानमा नियुक्त भएका हुन्। न्यूजिल्याण्ड ‘ए’ विरुद्धको चारदिवसीय खेलका लागि भारतीय टोलीको कप्तानी शुभमन गिललाई दिइएको छ।

बीसीसीआईले लिगको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको छ। जसमा यशस्वी जैसवाललगायतका चर्चित खेलाडीहरू रहेका छन्। बायाँ हाते स्पिन अलराउन्डर शाम्स मुलानीले पनि भारत ए टिममा मौका पाएका छन्।

शम्स मुलानीले घरेलु क्रिकेटमा मुम्बईका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए। योसँगै शार्दुल ठाकुर, जलज सक्सेना र शाहबाद अहमद जस्ता खेलाडी पनि यो टोलीमा अटाएका छन्।

भारतले बैंग्लोरमा न्यूजिल्याण्ड ए विरुद्ध ३ चारदिवसीय खेल खेल्नेछ। पहिलो खेल सेप्टेम्बर १–४, दोस्रो खेल ८–११ सेप्टेम्बर र तेस्रो खेल १५–१८ सेप्टेम्बरसम्म हुनेछ। यसपछि एकदिवसीय सिरिज पनि हुनेछ। तर त्यसका लागि टिम छनोट भएको छैन।

गिल अहिले जिम्बाब्वे भ्रमणमा छन्। उनले पहिलो एकदिवसीयमा उत्कृष्ट प्रदर्शन गरेका थिए। शम्स मुलानीले मुम्बईबाट रणजी ट्रफी खेल्दा ६ खेलमा ४५ विकेट लिएका थिए। यसबाहेक उनले अन्डर–२५ सिके नायडू ट्रफीमा पनि २९ विकेट लिएका थिए।

चार दिवसीय खेलका लागि भारत ‘ए’ को पूरा टोली :

शुभमन गिल (कप्तान), यश दुबे, हनुमा विहारी, रजत पाटीदार, सरफराज खान, वाशिङ्गटन सुन्दर, केएस भरत (विकेटकीपर), शम्स मुलानी, जलज सक्सेना, शार्दुल ठाकुर, मोहम्मद सिराज, यशस्वी जैसवाल, शुभम शर्मा, अक्षय वाडकर, शाहबाज अहमद र मणिशङ्कर मूरा सिंह।

विश्वकप ट्रफी नेपाल आइपुगे लगत्तै नेपालले पाउने भयो ठूलो अवसर

अष्ट्रेलियामा यसै वर्ष आयोजना हुने आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पुर्‍याइने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) का कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले विश्व भ्रमणको दौरान यसै महिना नेपाल आइपुग्ने विश्वकप ट्रफी सगरमाथाको आधार शिविरमा पुर्‍याइने जानकारी दिए ।

‘विश्वकप ट्रफी यसै महिना नेपाल आइपुग्ने छ । आईसीसीको तालिका अनुसार विश्वकप ट्रफी भदौ १४ मा नेपालमा ल्याइने छ,’ मल्लले भने ‘उक्त दिन समर्थकहरुले ट्रफी हेर्न र ट्रफीसँग तस्बिर खिचाउन पाउने छन् ।’

क्रिकेटको विश्वकप ट्रफी नेपालमा दोस्रो पटक ल्याउन लागिएको हो । यस अघि २०१८ मा एकदिवसीय विश्वकपको ट्रफी नेपाल ल्याईएको थियो । टी-ट्वान्टी विश्वकपको ट्रफी भने पहिलो पटक नेपाल ल्याउन लागिएको हो । विश्वकपको ट्रफी दुई दिन नेपालमा रहने छ।

‘दुई दिनसम्म नेपालमा रहने ट्रफी सगरमाथा आधार शिविर सम्म पुर्‍याइने छ,’ मल्लले भने ‘ट्रफीलाई जनकपुर तथा भक्तपुर दरबार क्षेत्रमा समेत राखिने छ ।’ ट्रफीलाई भदौ १४ गते नै प्रदर्शनीको लागि सगरमाथाको आधार शिविर पुर्‍याइने छ ।

विश्वकपको १०० दिने ट्रफी टुर जारी रहेको छ । ट्रफी विश्वको १३ राष्ट्रको ३५ स्थानमा प्रदर्शनी गरिदैछ । विश्वकपको ट्रफी निशान कम्पनिले विश्वभर प्रदर्शन गरिरहेको हो । अष्ट्रेलियाको ७ शहरमा आयोजना हुने विश्वकप अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुनेछ। विश्वकपमा १६ राष्ट्रले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।