सुदूरपश्चिमबाट राष्ट्रियसभा निर्वाचनको लागि एमालेले छान्यो यी ९ जनाको नाम

धनगढी । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा निर्वाचनको लागि एमालेले पार्टीका तर्फबाट ९ जनाको नाम सिफारिस गरेको छ। खुल्ला, महिला र दलित कोटाबाट ९ जनाको नाम सिफारिस भएको एमाले सुदूरपश्चिमका अध्यक्ष दामोदर भण्डारीले जानकारी दिए।

उनका अनुसार खुल्लाबाट तीनजना, महिलाबाट तीनजना र दलितबाट पनि तीन जनाको नाम सिफारिस गरिएको छ। खुल्लाबाट अछामका कृष्ण प्रसाद जैसी, कैलालीका डिल्लीराज भट्ट र कञ्चनपुरका राजेन्द्रसिंह रावलको नाम सिफारिस भएको छ। त्यस्तै दलित तर्फबाट बैतडीका नरेश कुमार विश्वकर्मा, दार्चुलामा लालीराम लुहार र बाजुराका काशीबहादुर विक रहेका छन्। महिला तर्फबाट बझाङकी भारगथी कुमारी चन्द, कैलालीकी सन्तोष कुमारी शर्मा थापा र डोटीकी ठगु महरा रहेका छन्।

news center of article

सुदूरपश्चिममा तीन दलका तीन जनाको चार वर्षीय कार्यकाल पूरा भएको छ। कार्यकाल पूरा हुनेमा डडेल्धुराबाट एमालेका चक्र स्नेही, कञ्चनपुरबाट कांग्रेसका तारा देवी भट्ट र अछामबाट नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवर रहेका छन्। सुदूरपश्चिम प्रदेशमा माघ १२ गते राष्ट्रियसभाको निर्वाचन हुनेछ।

याे पनि हेर्नुस्
Loading...